अब प्रशासन त्यतिकै चुप बस्दैन : सिडिओ कनेल
कृतिम अभाव सृजना गर्न थालेपछि धनुषाका स्थानीय प्रशासनले एक्सन लिने भएको छ ।

२०७६ चैत १ शनिबार, दिउँसो १:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले जनकपुरका व्यवासायीहरु मनोमानी गरे प्रशासन चुप लागेर नबस्ने बताउनुभएको छ ।
कोरोना भाईरसको त्रासले छिमेकी मुलुक भारत र नेपालको सीमामा कडाई गर्ने तथा आवतजावत बन्द गर्ने समाचारहरु बाहिरिएपछि जनकपुरका व्यापारीहरु कालोबजारी तर्फ उन्मुख भएको हो ।
भोली (आईतबार) देखि सीमा केही दिनको लागि बन्द गर्ने समाचारहरु बाहिर आएपछि जनकपुरका व्यापारीहरु एलपी ग्याँस लुकाउन थालेको देखिएको छ ।
उहाँले उपभोक्ता संरक्षण ऐन २०७५ सबै स्थानीय तहमै प्रत्यायोजन गरिसकेको भन्दै स्थानीय तहले समेत एक्सन लिनुपर्ने बताउनुभयो ।
उपभोक्ताको वस्तु वा सेवा सहज पहुँचको बुँदालाई व्यापारीहरुले धज्जिया उडाउँदै कृतिम अभाव बजारमा सृजना गर्न थालेका हुन् ।
उपभोक्तालाई मार पर्ने गरी व्यापारीहरुले एलपी ग्यासँ (खाना बनाउने ग्याँस) को कृतिम अभाव सृजना गरेको छ । आज विहानैसम्म प्रयाप्त रुपमा पाईरहेको ग्याँस आज दिउँसोदेखी ग्याँस लुकाएको उपभोक्ताहरुको आरोप छ ।
जनकपुरको विभिन्न चोकमा ग्याँस डिलरहरुले ग्याँस लुकाएर कृतिम अभाव सृजना गर्न थालेपछि धनुषाका स्थानीय प्रशासनले एक्सन लिने भएको छ ।
सो सम्बन्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी कंडेलले प्रशासन नियमित अनुगमन गरी उपभोक्तालाई सहजता प्रदान गर्ने बताउनुभयो । उहाँले ग्याँस लुकाउने व्यापारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…