जनकपुरः अचानक ३ जनाको मृत्यू, केही अस्पताल भर्ना !
अचानक ३ जनाको एकैपटक मृत्यू भएपछि टोलभरि हल्ला फैलिएको हो ।

२०७६ चैत १ शनिबार, बिहान ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला रक्सी सेवनका कारण एकै टोलका ८ जनाको मृत्यू भएको घटना नसेलाउँदै जनकपुरमै पुनः ३ जनाको मृत्यू भएको खवर प्राप्त भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरचोक र जिरोमाईलको बीचमा रहेको मुसहरी टोलका ३ जनाको मृत्यू भएको जानकारी प्राप्त भएको छ ।
मुसहरी एकै टोलका ३ जनको मृत्यू भएको तथा केही जना असपताल भर्ना भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकीराम साहले जानकारी दिनुभयो ।
यसबारे जिल्ला प्रहरी कार्यालय धनुषासँग प्रतिक्रिया लिन खोज्दा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको हो । सोही सम्बन्धमा वडा प्रहरी कार्यालय जिरोमाईलले समेत आफूलाई कुनै जानकारी नआएको बताएको छ ।
यता, वडाध्यक्ष साहले भने ३ जनाको मृत्यू भएको र केही जना अस्पताल भर्ना भएको बताउनुभएको छ । उहाँले आफू घटनास्थल गएको तथा ३ जनाको मृत्यूको पुष्टि गर्नुभयो ।
सिकिस्तहरुको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भईरहेको जनाइएको छ । उनीहरु होलीमा रक्सी खाएर मृत्यू भएको वडाध्यक्ष साहले बताउनुभयो ।
अचानक ३ जनाको एकैपटक मृत्यू भएपछि टोलभरि हल्ला फैलिएको हो । उनीहरुको मृत्यू अचानक भएपछि के कारणले भएको भनेर स्थानीयवासीहरु जुटेका छन् ।
यद्यपी, उनीहरुको मृत्यूको कारण अझै खुल्न नसकेको हो । स्थानीयवासीहरुका अनुसार खुल्ला रक्सीका कारण उनीहरुको ज्यान गएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…