बसले स्कुटरलाई ठक्कर दिँदा एक ठहरै !
स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

२०७६ चैत १ शनिबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
घाइते देवकोटाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको उहाँले बताउनुभयो ।
स्कुटरलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…