सँजय टकलाको बुवा र श्रीमति सहित यी १३ सहयोगीलाई पनि जेल !
विशेष अदालतको परिवार सहितको यस्तो फैसला नेपालकै इतिहासमा सम्वतः पहिलो भएको बुझिएको छ ।

२०७६ फागुन ३० शुक्रबार, दिउँसो ३:५३ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जेल जीवन विताईरहेका पूर्व राज्यमन्त्री सँजय कुमार साह टकला सहित अन्य १३ जनालाई जेल सजाय तोकेको छ ।
ज्यान मुद्दामा जेलमै रहेका पूर्व साँसद समेत रहेका साह सहित उनका बुवा, श्रीमति, भाई र सहयोगीहरु गरी १३ जनालाई सजाय सुनाएको हो । विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा सजाय तोकेको हो ।
विशेष अदालतले फागुन २९ गते विहिवार गरेको फैसलामा साहलाई ५ वर्ष कैद, उनकी पत्नी रंगीला देवी साहलाई २ वर्ष ६ महिना जेल सजायको फैसला गरेको हो ।
गत विं. सं. २०७४ साल चैत्त १६ गतेमा सम्पत्ति शुद्धिकरण विभागले दर्ता गराएको ०७४–सिआर–०१०२ (075-CR-0102) नम्बरको मुद्दामा विहिबार सुनुवाई गर्दै अन्तिम फैसला गरेको हो । उनीहरुलाई आंशिक ठहर को फैसला सुनाएको विशेष अदातलको मुद्दा फैसला किसीममा उल्लेख गरिएको छ ।
यस्तै, साहका बुवा साधुशरण साह सुडीलाई पनि २ वर्ष ६ महिना जेल र भाई रामकुमार साहलाई १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको छ । यद्यपी विशेष अदालतले वेभसाईटमा फैसला र आदेशको पूर्ण विवरण समाचार तयार पारुन्जेलसम्म भने अपलोड गरेको छैनन् ।
सँजय साह जेल बाहिर हुँदा साहका राइट ह्याण्ड मानिने तत्कालिन सहयोगीहरु छेदी राउत र सुजीत पाण्डेलाई पनि अढाई÷अढाई वर्ष कैद सजाय सुनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…