जनकपुरः ५ युवति सहित १३ अपहरणकारी स्पोटमै पक्राउ !
अपहरणकारीहरु खसिवासमै सुरक्षाकर्मीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ ।

२०७६ फागुन २९ बिहीबार, बेलुकी ६:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बालिकालाई अपहरण गरेको २४ घण्टा नबित्दै प्रहरीले बालिकालाई उद्दार गर्दै १३ अपहरणकारीलाई पक्राउ गरेको छ ।
बुधबार (हिजो) धनुषाबाट अपहरणमा परेकी एक १४ बर्षिय बालिका सहित १३ अहपरणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज (विहिबार) उद्धार गर्न प्रहरी सफल भएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ चिसापानीकी १४ ती बालिकालाई बुधबार राती नै अपहरण गरेको थियो । अपहरणको खवर पाउन साथ हलचलमा आएका नेपाल प्रहरी, सशस्त्र प्रहरीले २४ घण्टा नबित्दै अपहरणकारीहरुलाई पक्राउ गर्न सफल भएको छ ।
बालिका अपहरणको जानकारी पाएलगत्तै धनुषा, सिरहा र उदयपुरवाट खटेको नेपाल र शस्त्र प्रहरीको सबै टोलीको अपरेशनले युवतीलाई उद्दार गर्न सफल भएको हो ।
बालिका अपहरणमा सँगलग्न रहेका ८ जना युवक र ५ जना युवति सहित १३ जनालाई पक्राउ गरिएको हो । बालिका सोहि वडाको गैरी टोलवाट अपरहणमा परेको र विप्लव समुहले अपहरण गरेको शंकाको आधारमा तत्कालै धनुषाको सवै टोली परिचालन अपरेशन सफल भएको हो ।
आज विहान सिरहाको मिर्चैया र उदयपुरको थप टोली परिचालन गर्दा कटारी वडा नं. १ खसीवास ईलाकावाट बालिकालाई उद्दार गरिएको र अपहरणकारी १३ जनालाई नियन्त्रणमा लिइएको हो ।
शस्त्र प्रहरी वल र्मिचैयावाट प्रहरी नायक उपरिक्षक नेतृत्वको टोली सहितको सुरक्षाकर्मीहरुको टिम अहिले समेत त्यस क्षेत्रमा सर्च अपरेशन जारी राखेको छ ।
अपहरणकारीहरु खसिवासमै सुरक्षाकर्मीको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ । अपहरणकारीको साथवाट तिनथान पेस्तोल, तिनराउड गोली, १ थान कुकर बम र ८ थान सकेट बम समेत बरामद गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…