यादवहरु जबरदस्ती घर पसे : पीडितहरु
दुवै पक्षलाइ वोलाइ छलफल गराउने पक्षमा इलाका प्रहरी कार्यालयका इन्सपेकटर सुमन थापा रहेको छ ।

२०७६ फागुन २९ बिहीबार, दिउँसो २:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होलीको मौका छोपेर धनुषामा दलित समुदाय उपर ज्यादति गरेको भन्दै दलित समुदायहरु विरोध गरेको छ ।
गत फागुन २७ गते होली मनाइरहदा रहदा धनुषाधाम नगरपालिका वडा नं ४ रामपुर टोलमा दलित समुदाय उपर यादव समुदायका व्यक्तिहरुले कुटपिट गरी दुरव्यवहार गरेको छ ।
धनुषाधाम नपा वडा नं. ३ का केही उछृङखल युवाहरूले कुसित मानसिकताले रामपुरमा रहेका दलित समुदायका महिलाहरूमाथि दुर्ववहार गरेका छन् ।
धनुषाधाम वडा नं. ३ सर्सा गाउका राजिव यादव र जयकिशोर साहले टोल समाजमा गई चुरोट (सिगरेट) खाँदै महिलाहरू जिस्क्याउने उदेश्यले जथाभावि बोल्दै गर्दा स्थानीय राजकिशोर महराले सम्झाएका थिए ।
होलीको दिनमा यसरी गलत व्यवहार नगर्नुस झगडा हुन सक्छ भनि सम्झाउन खोज्दा उल्टै गाउँबाट स्कारपियोमा अन्य व्यक्तिहलाई बोलाइ महरा समुदाय रहेको उक्त वस्तीमा घर–घरमा पसि महिलाहरूलाई गाली वेज्जती गर्दै कुटपिट गरि दुर्ववहार गरेको थर्ड एलायन्सका विनोद महराले बताए ।
त्यस्तो घटना भएपनि स्थानीय प्रहरीले कुनै चासो नलिएको गुनासो महराले गरेको छ । घटनाको जानकारी भएको र घाइतेहरूको उपचार भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधाम इन्सपेक्टर सुमन थापाले बताए ।
घाइते हुनेहरू धनुषाधाम नपा वडा नं. ४ रामपुरमा बस्ने क्रमशः ४० वर्षीया दुलारी देवि महरा, ३५ वर्षीया दुर्गी देवी महरा, २५ वर्षीय जयकिशोर महरा, ५८ वर्षीय अनुप महरा र ४० वर्षीय रामलाल महरा रहेका छन् । सवैको टाउको, प्युठि,हात , खुट्टा, तिघ्रा, जाँघ, र छबा चोटपटक लागि घाइते भएका छन् ।
सवै जना धनुषाधाम स्थित पपुरल होस्पिटल र राजाराम पोलि क्लिनिकमा उपचार भइरहेको छ । होलीको दिनमा सवै मादक पदार्थ सेवन गरेकोले दुवै पक्षले निवेदन दिएको छ ।
दुवै पक्षलाइ वोलाइ छलफल गराउने पक्षमा इलाका प्रहरी कार्यालयका इन्सपेकटर सुमन थापा रहेको छ । स्कारपियो गाडीमा यादव समुदायका युवाहरू आएर घर हुलिया गरेको थियो ।
धनुषाधाम नपा वडा नं. ३ का ७/८ जना युवकहरुले आएर बलपूर्वक दलित समुदायकी महिलाहरु उपर निर्घात कुटपिट गरेको आरोप लगाइएको छ ।
आरोपित युवाहरू सर्सा गाउँबाट खोला पारी रहेको रामपुरमा गएर घटना घटाएका हुन । घटनालाइ दवाव विभिन्न परपंच रच्दै आएको छ ।
दलित वस्तीमा निमुखा दलित समुदायमाथि पटक–पटक यसरी घर हुलिया गरि कुटपिट गर्दै आएको घाइते दुलारी देवी महराले बताइन । प्रहरीले पनि उनीहरूको साथ दिइ रहेको पिडित पक्षको आरोप छ ।
घटनामा संलग्न भएकाहरूलाइ पक्राउ गरि आवश्यक अनुसन्धान प्रकृया पनि प्रहरीले नगरेको घाइतेहरूले बताइन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…