कोरोनाको त्रास : १४ दिनको सार्वजनिक विदा घोषणा
मानिसहरूलाई भोजनालय र क्याफेमा जान प्रतिबन्ध लगाइएको थियो जसमा भित्रका मलहरू पनि थिए।
२०७६ फागुन २९ बिहीबार, बिहान ८:४३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा रहेका नेपाली नागरिकहरु पनि कोरोना भाईरसले त्रसित छन् ।
सोही क्रममा गल्फ अरेबियाली देश कुवेतमा कामदार सहित सबै नागरिकलाई लागू हुने गरी १४ दिन अर्थात दुई हप्ताको सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
कुवेतले गल्फ अरेबियाली राज्यहरुबाट उडान भर्ने सबै सार्वजनिक उडानहरुलाई रद्द गरेको छ । शुक्रबारदेखि लागू हुने गरी १४ दिनको सार्वजनिक छु्ट्टी त्यहाँको सरकारले घोषणा गरेको हो ।
समाचार एजेन्सी कुनाका अनुसार, कुवेतबाट उडान भर्ने कमर्सियल जहाजहरुको उडान रोक लगाएको छ भने कार्गो उडानहरु मात्र अर्को सूचना जारी नभएसम्म रोकिएको जनाइएको छ ।
कुवेतका सरकारी अधिकारीहरुले मार्च १२ अर्थात आज (विहिबार) देखि मार्च २६ सम्म सार्वजनिक छु्ट्टीको घोषणा गरेको हो । विभिन्न देशबाट वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नागरिकहरुलाई समेत गरी सार्वजनिक विदा दिएको हो ।
मार्च २७ तारिखदेखि पुनः विधिवत रुपमा कार्य सँचालन हुने जनाइएको छ । तबसम्मको लागि कुवेतमा अत्यधिक आवश्यक अर्थात महत्वपूर्ण सेवा प्रदायक सँस्थाहरु बाहेक सबै बन्द रहने जनाइएको छ । कोरोना भाईरसको माहामारीलाई मध्यनजर गर्दै त्यहाँको सरकारले यो कदम उठाएको हो ।
त्यहाँका अधिकारीहरुले कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै मानिसहरूलाई भोजनालय र क्याफेमा जान प्रतिबन्ध लगाइएको थियो जसमा भित्रका मलहरू पनि थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…