वन कार्यालयमा चौध मुद्दा दर्ता
काठमाडौँ, १ माघ : जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् । देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् । जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद

२०७४ माघ १ सोमबार, बिहान ११:४३ बजे१ मिनेट पढाइ

काठमाडौँ, १ माघ : जिल्ला वन कार्यालय काठमाडौँमा यस वर्ष वन्यजन्तु तथा जडीबुटी ओसारपसारसम्बन्धी १४ मुद्दा दर्ता भएका छन् ।
देशका विभिन्न भागबाट चोरी गरी बिक्री वितरणका लागि काठमाडौँमा ल्याउँदा पक्राउ परेका आखेटोपहार र जडीबुटीका १४ मुद्दा दायर भएका हुन् ।
जिल्ला वन कार्यालयका सूचना अधिकारी गुरुप्रसाद दाहालले काठमाडौँ आखेटोपहारको हव भएकाले यस क्षेत्रमा धेरै वन्यजन्तुका अवशेष र जडीबुटी पक्राउ पर्ने गरेको बताउनुभयो । “मूल्य नै थाहा नपाइकन धेरै मूल्य पाउने आशमा मानिसले अवैधरुपमा ओसारपसार गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा र उपत्यकाका विभिन्न प्रहरी वृत्तबाट पक्राउ धेरै हुने गरेको छ । जिल्ला वन कार्यालय काठमाडौँमा गत वर्षमा ६७ मुद्दा दर्ता भएकामा २३ मुद्दा जिल्ला अदालत काठमाडौँमा पठाइएको र बाँकी ४४ मध्ये २७ वटा फैसला भएका तथा १७ वटा फैसला हुने क्रममा रहेको दाहालले जानकारी दिनुभयो ।
कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार एक वर्षभन्दा बढी कैद सजाय हुने मुद्दालाई जिल्ला अदालत पठाउने गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…