संस्कृति ज्ञान परिक्षाबाट बिद्यार्थीमा विवेक बढदै : मेयर यादव
सो परीक्षामा ५० को पूर्णाङकमा ५० लयाउने ९ जना, ४९ ल्याउने १५ जना ल्याएको थियो ।

२०७६ फागुन २५ आइतबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्युज ब्युरो , जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले स्वामी विवेकानन्द सँस्कृति ज्ञान परीक्षाबाट विद्यार्थीमा प्रतीभा बढदै गएको बताउनुभएको छ ।
हिन्दु स्वयंम सेवक नेपाल जनकपुरधामको आयोजनामा आयोजित स्वामी विवेकानन्द सँस्कृति ज्ञान परीक्षाले सँस्कृति ,रितिरिवाज परम्परालाई संरक्षण गर्न तथा परिक्षाको माध्यमले असल चरीत्र निर्माण गरि असल नागरिक परिचय पाउने किसिम गरिएको प्रयास अगामी दिनको लागि कुशल भविष्य निर्माण गर्ने बताउनुभयो ।
२७ वटा बिधालयका बिद्यार्थीहरुको सहाभागी रहेको उक्त परीक्षाको उदघाटन समारोहमा प्रमुख आतिथ्यको आसनबाट बोल्दै मेयर यादवले किताबी ज्ञान भन्दा पनि सँस्कृति र व्यवहारिक ज्ञान उत्तम हुने बताउनुभयो ।
डा. महन्थ यादवको संयोजकत्वमा भएको सो परीक्षा धनुष जनता उच्च मा बि धनुषाधाममा भएको थियो । धार्मीक एवं मानवले बुझ्नु पर्ने विभिन्न किसिमको समेटिएको प्रश्नहरु समेटिएको थियो ।
परीक्षामा मिथिला बिहारी नगरपालिका ,धनुषाधाम नगरपालिका ,गनेशमान चारनाथ नगरपालिका ,सबैला नगरपालिका ,हंसपुर नगरपालिका हंसपुर नगरपालिका लगायतको सामुदायिक बिधालयहरु सहभागी भएको थियो ।
सो परीक्षामा ५० को पूर्णाङकमा ५० लयाउने ९ जना, ४९ ल्याउने १५ जना ल्याएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…