'सरकार मच्छर होईन कोरोना मार्न सक्नुपर्छ '
३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी WHO को रिपोर्टिङ बाट भेटिएको छन् ।
२०७६ फागुन २५ आइतबार, बिहान ८:२६ बजे४ मिनेट पढाइ

चीनबाट बाहिरिएका कोरोना भाईरस लगभग विश्वको धेरै देशमा फैलिसकेको छन् । कोरोना भाईरसको संक्रमण को परिदृश्य क्षण क्षणमा बदलिएको छ।
कोरोना भाईरसबाट आफ्नो नागरिक लाई बचाउन स्वास्थ्य क्षेत्रमा चीन ले गरेको प्रशन्सनीय काम र विश्व स्वास्थ्य संगठनको लगातारको प्रयास को बाबजुद पनि अहिलेसम्म लगभग पुरै विश्वभरमा ९५ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छन् भने ३ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी WHO को रिपोर्टिङ बाट भेटिएको छन् ।
२०५५ वटा केस चीन भन्दा बाहिर छ जसमध्ये लगभग ८० प्रतिशत जति मुद्दामा जम्मा ३ तीन वटा देशमा देखिएको छ। ११५ वटा देशले अहिलेसम्म एउटा पनि संक्रमणको रेकर्ड गराएको छैन भने जम्मा २१ वटा देशले एउटा एउटा केश संक्रमण देखाएको छ। गएको १४ दिन ५ वटा एउटा पनि नयाँ केश हरु भेटाएको छैनन् ।
यो सन्दर्भमा नेपाल अहिलेसम्म कुनै पनि दुस्खद अवस्था नसुनेको एउटा सुखद अवस्थामा छ। तर यो सुखद अवस्था हामी सङ सधैंभरी रहिरन्छ ? ठुलो प्रश्न यो छ। ईरानको जस्तो भयो भने के गर्ने । एउटा पनि संक्रमण नभएको देशमा एकाबिहानै उठदा त्यो देशमा एक्कासि २ वटा मानिसको मृत्यु भएको खबर सुनियो।
त्यो देशमा एकैपटक सयौंमा संक्रमण भेटिएको खबर आयो । साँसदहरु देखि लिएर मन्त्रीहरु समेतलाई लाग्यो। केहीको मृत्यु पनि भयो । प्रदेश २ सरकारले कामना गरेर बस्ने वा यो समयको सदुपयोग गर्ने।हाम्रो अगाडिको मुख्य प्रश्न यो हो।
डब्लूएचओ ले हामीलाई अति जोखिमको देशहरुमा राखेको छन्, त्यो खबर हामीले बुझेकै छौं । नेपालको भू–अवस्थितिको कारणले मात्रै हामीलाई राखेको होइनन् यसका केहि अरु पक्षहरु छन् नेपालको भौगोलिक अवस्था खुला सीमाना त एउटा कारण हो ।
नेपाल लाई क्षमता को कारणले यो कुरा भनिएको छ। सीमामा चेकजांच गर्ने क्षमता सिङ्गो स्वस्थ्य प्रणालीको क्षमता यस्ता कुराको कारणले गर्दा नेपाल लाई उच्च जोखिमको क्षेत्रमा राखेको छ। यी सप्पै कुराहरुलाई केन्द्र र प्रदेश सरकारले ध्यान दिए केहि हदमा यस्ता समस्याहरुलाई निर्मुल पार्न सक्छ।
कोरोना भाईरसको संक्रमणको अवस्था नेपाल भित्र आउनै नदिने फैलिनै नदिने रोक्नको लागि केन्द्र र प्रदेश सरकारले अहिले नै गर्नुपर्ने गरिराख्नुपर्ने केही कामहरु छन् । तर यो सबै कुरा गर्दागर्दै पनि भैहाल्यो भने के गर्ने ईरानको जस्तो अवस्था भयो भने के गर्ने त्यस्का निम्ति अहिले गर्नुपर्ने केही कामहरु छन् ।
तयारी अवस्थामा बस्नुपर्ने छन् ।यो कुनै एउटा मन्त्रालयको काम मात्रै होइनन् ।स्वास्थ मन्त्रालयको कुरा मात्रै होईन यो सबै मन्त्रालयको कुरा हो।माथिल्लो सरकारले के गर्ने प्रदेश सरकारले के गर्ने र स्थानीयले के गर्ने र सरकारको मात्रै होइन सामुदायको पनि कुरा हो।
सबैले मिलेर यो महामारी सङ कसरी लडने यसमा सबैको आआफ्नो जिम्मेवारी छ। प्रदेश सरकार देखि केन्द्र र स्थानीय सबैले एकैठाउँमा आएर एकैपटक सोच्नु र काम गर्नुपर्ने छ।
प्रदेश २ सरकार बाट एउटा एकीकृत कार्ययोजना चाहिएको छ।समयसीमा सहितको योजना चाहिएको छ। यो समस्या बाट जुध्नको लागी आर्थिक स्रोत को जोहो कसरी गर्ने र कुन मन्त्रालयले के गर्नुपर्ने यो सप्पै कुराहरु व्यवस्थापन अहिले सम्म यो प्रदेश २ सरकारले गर्न सकेको छैनन् ।
प्रदेश २ सरकारले यो सप्पै कुराहरू माथी एउटा स्पष्ट कार्ययोजना प्रस्तुत गरिसक्नुपर्ने थियो ।यो सप्पै कुराहरु बारे प्रदेश २ सरकारले हरेक नागरिकलाई जानकारी गराउनै पर्छ । यो महामारी देखी लडन लाई प्रदेश सरकार के र कस्ता कामहरु गरिरहेका छन् यो सप्पै कुरा हामी सबैलाई थाहा हुनुपर्छ ।
प्रदेश २ सरकारले अहिलेसम्म एउटा विशेष समिति बनाउनेतर्फ लागिहाल्नु पर्ने अवस्था छ तर प्रदेश सरकार कतै रिवन काट्न त कतै उपहार बाड्न मै व्यस्त देखीन्छ्न।केन्द्र सरकार सङ मिलेर एउटा प्लेटफर्म बनाई प्रदेश सरकार द्वारा यो सन्दर्भमा केहि महत्त्वपूर्ण कुराहरु गर्नुपर्ने हुन्छ ।
पहिलो कुरा सीमामा बाहिर बाट आवतजावत गर्ने प्रत्येक व्यक्तिलाई चेकजांच गरिनुपर्छ । प्रत्येक ठाउँ ठाउँमा हेल्थ डेस्क राखिनुपर्छ । प्रत्येक जिल्ला स्तरमा आइसोलेसन वार्डको स्थापना गरिनुपर्छ । आवश्यक मास्क को व्यवस्थापन गर्नु पर्ने हुन्छ। सार्वजनिक कार्यक्रम हरु लाई तत्काल स्थगित गराईनुपर्छ। बजार अनुगमन गरी कालाबजारी हुनदिने कार्य गर्नु पर्यो।
औषधिको सन्दर्भमा हरेक व्यवस्थापन गरिनुपर्छ। प्रदेश २ दुईमा संक्रमण भेटीएकोहरुलाई छुट्टै व्यवस्थापन गर्ने एउटा ठाउँको निर्माण गरिनुपर्छ । आवश्यक जनशक्ति छिट्टै व्यवस्थापन गरिसक्नुपर्छ। स्वास्थ्यकर्मी हरुमा यो महामारी सङ लडन आवश्यक तालिमको व्यवस्थापन गरिसक्नुपर्ने हुन्छ ।
यस महामारी रोग सङ नागरिकलाई बचाउने कार्यमा लाग्ने प्रत्येक स्वास्थ्यकर्मीहरुको बीमा गरिसक्नुपर्छ। उनीहरूलाई यस महत्वोपुर्ण कार्यको लागि आवश्यक प्रोत्साहन भत्ताको व्यवस्था गरिपर्छ। प्रत्येक विमान स्थलमा चेकजांचको व्यवस्थापन हुनुपर्छ ।
२० महिना भन्दा बढी सरकार चलाईसके पनि प्रत्येक जिल्लाको अस्पतालहरुको अवस्था हेरिनस्क्नु छन् । जनकपर प्रादेशिक अस्पतालमा लेवरवार्डमा बेड नपाएर भुइँमै बच्चा जन्माउनुपर्ने अवस्था छन् । यस्ता समस्याहरुको तत्कालै सुधार गरिनुपर्छ ।
अहिलेपनि आतिहाल्नुपर्ने अवस्था छैन। कोरोना संक्रमण बाट बचाउन प्रदेश २ सरकारले स्वस्थ्य क्षेत्रद्वारा गरिनुपर्ने ती हरेको कुराको व्यवस्थापन गरिसक्नुपर्छ। तसर्थ प्रदेश २ सरकारले आफ्नो नागरिक लाई बचाउन गम्भीर होस।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…