मधेशको हरेक शहरदेखि गाउँसम्ममा ६ लेनसम्मको सडक : पूर्वमन्त्री महासेठ
एक लिखा नभएर गाउँदेखि बजारसम्म पिच हुने सडक कम्तीमा दुई लेन देखि बढीमा ६ लेनसम्म बन्ने

२०७६ फागुन २४ शनिबार, राति ११:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मधेशको विभिन्न शहर र गाउँसम्मको सडक ६ लेन (सिक्स लेन) सम्मको हुने बताउनुभएको छ ।
नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता महासेठले मधेशको हरेक गल्ली गल्ली पीच सडक हुने बताउनुभयो । धनुषाको बटेश्वर गाउँपालिकामा शनिबार आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
आगामी निर्वाचनसम्म तराई मधेशको सबै गल्लीगल्ली, गाउँ शहरमा कच्ची बाटोको स्तरोन्ती गरेर पिच सडक अर्थात पक्की सडक निर्माण भईसक्ने दाबी गर्नुभयो । १८ सय किलोमीटर लामो हुलाकी सडक, १२ सय किलोमिटरको मदन भण्डारी राजमार्ग पनि पूर्ण पक्की हुने बताउनुभयो ।
सोही क्रममा उहाँले १ हजार ७ सय ९२ किलोमीटर पूर्व–पश्चिम पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) सहितका मार्गहरु बाहेक १६ हजार किलोमीटर थप नयां राजमार्ग बन्ने दाबी गर्नुभयो ।
मधेशमा ५० वर्षमा हुन नसकेको विकास आफू मन्त्री हुँदा २ वर्षमै गरेर देखाएको बताउँदै उहाँले आगामीको कार्य पनि जनचाहना र जनताको भावना अनुसार हुने थप्नुभयो । आफू मन्त्री हुँदा बखत नै कागजी प्रक्रिया तयार गरेको जनाउँदै आगामी निर्वाचन अघि सबै तयार हुने बताउनुभयो ।
देशभरिमै निर्माण हुने पक्की पिच बाटो पनि एक लिखा नभएर गाउँदेखि बजारसम्म पिच हुने सडक कम्तीमा दुई लेन देखि बढीमा ६ लेनसम्म बन्ने बताउनुभयो ।
ओली नेतृत्वको सरकारले एकनाशको विकास गरी रहेको बताउँदै उहाँले कुनै दल वर्गसंगको विभेद नगरी मधेश र मधेशीको सच्चा सेवक नेकपा नै रहेको दाबी गर्नुभयो ।
“केही दिनमै मधेशीहरु ओली सरकारको विकास हेरेर मधेश बिरोधी नेकपा सरकार हो भन्नेहरु पनि आफै नेकपा जिन्दावाद, केपी ओली जिन्दावाद भन्न थाल्छन् ।” – उहाँले भन्नुभयो
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…