रोडमा अब आधुनिक स्पीड ब्रेकर जडान
समाजसेवामा अग्रसर रहने पवन कुमार रुंगटाको सहयोगमा उक्त ब्रेकर जडान गरिएको हो ।

२०७६ फागुन २४ शनिबार, बेलुकी ६:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । दुर्घटना न्यूनिकरणको उदेश्यले वीरगँजको सडकमा आधुनिक स्पीड ब्रेकर लगाइएको छ ।
वीरगँजको ग्रीनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले आज वीरगञ्जको मकालु चोकमा स्पिड ब्रेकर जडान गरेको हो ।
तिव्र गतिमा चल्ने सवारी साधनलाई गति सिमित गर्न र बढीरहेको दुर्घटनालाई नियन्त्रण गर्ने अभिप्रायले आधुनिक स्पिड ब्रेकर जडान गरिएको केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।
समाजसेवामा अग्रसर रहने पवन कुमार रुंगटाको सहयोगमा उक्त ब्रेकर जडान गरिएको हो । उक्त ब्रेकर आधुनिक रहेको छ ।
ग्रीनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले यसअघि पनि ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि विभिन्न जनचेतनामुलक कार्यक्रम हरु गर्दै आएको छ ।
यसअघि आदर्शनगरको चोेकमा पनि सेवा केन्द्रले नै स्पिड ब्रेकर जडान गरेको थियो । विगतमा आदर्शनगर चोकमा जडान गरिएका ब्रेकरले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
सो अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगञ्ज युथ राउण्ड टेवल १३, ग्रीनसिटि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…