दिलीपको हत्या भएकै ठाउँमा पुनः क्रसर डनको डोजर, स्थानीयहरुले रोकेपछि...
दिलीपको हत्या भएकै ठाउँमा पुनः क्रसर माफियाहरुले नदी उत्खनन् गर्ने प्रयास गरेपछि स्थानीयबासी आक्रोसित
२०७६ फागुन २४ शनिबार, बेलुकी ५:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत पुस २५ गते धनुषाको मिथिला नगरपालिका वडा नं. ५ मा एक युवकलाई हत्या गरिएको ठाउँमै पुनः ठेकेदारहरु डोजर लिएर गएपछि विवाद चुलिएको छ ।
मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरको छेउमा करिब ३०० मिटर पुर्व रहेको जलाद खोलामा अवैद्य उत्खननलाई रोक्न खोज्दा ठेकेदारहरुले उनलाई हत्या गरेको झण्डै २ महिनापछि पुनः सक्रिय भएका छन् । उनीहरुले स्काभेटर र डोजर लिएर खोल उत्खनन गर्न पुगेपछि स्थानीयहरुसँग विवाद भएको छ ।
त्यहाँ रहेको श्री जय बजरँग बालुवा गिट्टी प्रशोधन केन्द्रलाई जिल्ला समन्व्य समितिले बालुवा गिट्टी खन्नको लागि अनुमति दिएको भन्दै उत्खन्न सुरु गर्न गएपछि स्थानीयवासीहरु रोकेका छन् । उनीहरुले एक अभियानीलाई मारेपनि आफूहरु त्रसित नभएको भन्दै डोजरकै तल आएर मर्ने चेतावनी समेत दिएको छ ।
गत फागुन २२ गतेमा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैतद्धारा हस्तारक्षरित निर्णयमा मिथिला नगरपालिकासँग समन्व्य गरी बालुवा, गिट्टी उत्खननको लागि अनुमति दिएको देखिएको छ ।
पत्रमा साबेलले उत्खनन गर्न नसक्ने जनाउँदै डोजर, स्काभेटरले खन्न पाउने भनेर लेखिएको छ ।
त्यसअघि मिथिला नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, सशस्त्र प्रहरी बल, डिविजन वन कार्यालय, बर्दिवास नगरपालिका महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिवास, ईलाका प्रहरी कार्यालय ढल्केवर समेतलाई बोद्यार्थ गरी पत्र पठाएको देखिएको छ । जसमा नगर प्रमुख हरिनारायण महतोले हस्ताक्षर गरेको देखिएको छ ।
दिलीपको हत्या भएकै ठाउँमा पुनः क्रसर माफियाहरुले नदी उत्खनन् गर्ने प्रयास गरेपछि स्थानीयबासी आक्रोसित बनेका छन् ।
क्रसर माफियाहरुले जलाद नदी उत्खनन गरिरहेको थाहा पाएपछि स्थानीयबासी अवरोध गरेपछि विवाद चुलिएको थियो । नदीनाला उत्खनन गर्न नदिने बताएपछि स्थानीयबासी र क्रसर माफियाहरुबीच केहिबेर तनाव सृजना भयो । पछि सशस्त्र प्रहरी पुगेपछि विवाद साम्य पारेका थिए ।
क्रसर माफियाहरु एउटा स्काभेटर, एउटा लोडर र ५ वटा टिपर लिएर नदी उत्खनन गर्न पुगेका थिए । यता, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक तीर्थ बहादुर कार्कीले उत्खनन्को अनुमति भएपनि स्थानीयहरुले अवरोध गरेपछि उत्खनन गर्न नदिने बताएको छ ।
अवैद्य उत्खनन रोक्न गएका दिलीप महतोको गत पुस २५ गते विहान क्रसर सँचालक, ट्रिपर चालक मिलेर हत्या गरेको थियो । सो मुद्दामा ४ जना अहिले पुर्वपक्षको लागि कारागारमा छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…