जनकपुरः मोटसाईकल दुर्घटनामा २ युवकको घटनास्थलमै मृत्यू !
यता, सोही आशंकामा एक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

२०७६ फागुन २२ बिहीबार, राति ९:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना युवकको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ धारापानी स्थित मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज (विहिबार) करिब ८ बजेको समयमा भएको सो दुर्घटनामा परी ज्यान गएकाहरुको नाम ठेगाना भन्ने खुल्न सकेको छैनन् ।
धनुषाधाम नपा ८ धारापानी देखि पूर्वपट्टि बालुवा खोला पूल नजिकै सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अनटेस्ट अपाचे मोटरसाईकल मृतकहरुको नजिकै फेला परेको जनाइएको छ ।
मृतक दुवै जनाको घटनास्थलको मुचुल्का उठाएर शव प्रकृति चेकजाँचको लागि जनकपुरका प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुलाई ठक्कर दिएको हुन सक्ने अनुमान गरिएको छ ।
यता, सोही आशंकामा एक सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरले त्यसको छानबिनको लागि सिरहा तर्फ पेट्रोलिँग गएको र आशंकमा एक सवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…