रविराज र कल्पनाको होली गीत सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारबाट चर्चामा आएका गायक रविराज साह र चर्चित गायिका कल्पना पटवारीको होलीको गीत सार्वजनिक भएको छ । हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर रविराज र कल्पनाको आवाजमा रहेकोे 'सजना के रंगमें रंगा जइबु' नामक भोजपुरी भाषाको गीत बिहीबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडि

२०७६ फागुन २२ बिहीबार, राति ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारबाट चर्चामा आएका गायक रविराज साह र चर्चित गायिका कल्पना पटवारीको होलीको गीत सार्वजनिक भएको छ ।
हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर रविराज र कल्पनाको आवाजमा रहेकोे 'सजना के रंगमें रंगा जइबु' नामक भोजपुरी भाषाको गीत बिहीबार सार्वजनिक गरिएको हो । म्यूजिक भिडियोलाई चर्चित भोजपुरी युट्यूब च्यानल 'वेभ म्यूजिक'बाट सार्वजनिक गरिएको छ ।
गीतमा रविराजले नै संगीत पनि भरेका छन् । गीतको भिडियोमा भने सुमित सविता शेखरले निर्देशन गरेका छन् । गीत तथा भिडियोमा होलीको पौराणिक संस्कृतिलाई झल्काइएको छ ।
लोकस्टारबाट चर्चामा आएसँगै विभिन्न प्रोजेक्टमा व्यस्त रहेका रविराजले यसअघि छठको गीत सार्वजनिक गरेका थिए । रविराजले श्रोता तथा दर्शकले आफूलाई माया गरेझैँ आफ्नो गीतलाई पनि माया दिने विश्वास लिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…