जन्तीबाटै मोटरसाईकल चोरी
“किनेको ३ महिना मात्रै भएको थियो, गाडी दरबाजामा लगाईदिए र सुत्न गए ।

२०७६ फागुन २२ बिहीबार, दिउँसो १२:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जन्ती (बाराती) भर्न गएको मोटरसाईकल छेउबाटै चोरी भएको छ ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. ३ स्थित एब विहेमा जन्ती गएका धनुषाका एक युवकको मोटरसाईकल चोरी भएको हो । प्रदेश नं. २ ०२ ००१ प ८१७१ नम्बरको २०० सिसिको अपाचे मोटरसाईकल गएराती चोरी भएको हो ।
राकेश कुमार दासको नाममा रहेको रातो रँगको अपाचे गाडी जन्तीमा गएको बखत दरबाजामा लगाएर सुत्न गएपछि विहानपख मोटरसाईकल नै नदेखेपछि खैलाबैला मच्चिएको थियो ।
“किनेको ३ महिना मात्रै भएको थियो, गाडी दरबाजामा लगाईदिए र सुत्न गए । विहान जब उठे मोटरसाईकल नै थिएनन”– पीडित दासले भने । यता, मोटरसाईकलको खोजी कार्यको लागि नजिकै रहेको ईलाका प्रहरी कार्यालय नारायणपुरमा निवेदन दिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…