प्रहरीलाई पेट्रोलिंङगको लागि कान्छो मेयरको मोटरसाईकल
उक्त मोटरसाईकल सिडिओ र एसपीको रोहबरमा हस्तान्तरण गरिएको हो ।

२०७६ फागुन २१ बुधबार, बिहान ८:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाले प्रहरीलाई शहिदनगरमा गस्तीको लागि २ वटा मोटरसाईकल प्रदान गरेको छ ।
शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले ईलाका प्रहरी कार्यालय यदुकूहा र शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्प यदुकूहालाई टिभिएस कम्पनीको २ वटा मोटरसाईलक प्रदान गर्नुभएको छ ।
मँगलबार एक कार्यक्रमबीच मेयर बरबरियाले जिल्ला प्रशासन कार्यालय धनुषामा पुगेर ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दीपक बाबु केसी तथा शसस्त्र प्रहरी बल यदुकूहाका प्रहरी नीरिक्षक मदन धानुकलाई बोलाएर टिभिएस कम्पनीको मोटरसाईलक प्रदान गर्नुभएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेल र प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतको रोहबरमा सँयुक्त रुपमा उक्त मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
“हामी शहिदनगरवासीको सुरक्षासँग कुनै सम्झौता कदापी गर्दैनौ । नगरवासीको सुरक्षा शहिदनगर विकासको एक पडाव हो । हाम्रा नगरका जनता सुरक्षित रहे मात्र नगर सुरक्षित हुन्छ । त्यसैले शहिदनगरको सुरक्षा अवस्था कडा र झन चुस्त पार्नको लागि ईलाका प्रहरी कार्यालय यदूकूहा र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प यदुकूहालाई एक एक वटा पेट्रोलिँग मोटरसाईकल सहयोग गरेका छौं । धनुषाका प्रमुख जिल्ला अधिकारी श्री प्रदीपराज कनेल ज्यू र धनुषाका एसपी श्री रमेश बस्नेत ज्यूको सँयुक्त रोहबरमा सिडिओ अफिसमै पुगेर यदुकूहा प्रहरी नीरिक्षक श्री दिपक बाबु केसी र सशस्त्र प्रहरी बलका प्रहरी नीरिक्षक श्री मदन धानुक ज्यूलाई गस्तीको लागि १ १ वटा मोटरसाईकल प्रदान गरेका छौं । म आभारी छु हाम्रा राष्ट्रसेवक कर्मचारीहरुप्रति, सुरक्षा निकाय र शहिदनगरका जनताप्रति ।” – उहाँले आफ्नो अधिकारिक फेसबुकमा लेख्नुभएको छ ।
मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले शहिदनगरको सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सुरक्षा अवस्था चुस्त दुरुस्त पार्नको लागि चारचक्के सवारी नछिर्ने स्थानको लागि तीव्र एक्सन हेतु मोटरसाईकल प्रदान गरिएको बताउनुभयो ।
सो क्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले मेयर बरबरियाले सुरक्षाप्रति देखाएको चासो र अभियान सराहनीय रहेको बताउनुभयो । उहाँले सुरक्षा निकायसँग नगरपालिका तथा जनप्रतिनीधिले गरेको समन्वय धनुषामै एक उदाहरण बनेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा, लेखाअधिकृत लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदीप भट्टराई, कम्प्युटर अपरेटर विष्णुदेव यादव लगायत नगरपालिकाका अन्य कर्मचारीहरुको विशेष उपस्थितिमा मोटरसाईकल हस्तान्तरण गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…