क्षीरेश्वरनाथका जनप्रतिनीधिले जनमतको कदर गर्नुपर्छ :पूर्वमन्त्री यादव
त्यस्तै यही आर्थिक वर्षको लागि ५७ करोड ७९ लाख ३२ हजारको बजेट पारित गरेको थियो ।

२०७६ फागुन १९ सोमबार, राति ११:२२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवम् पूर्व खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले जनप्रतिनीधिहरुलाई जनताप्रति वफादार हुन आग्रह गर्नुभयो ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको पाँचौ नगरसभा लाई सम्बोधन गर्दै उहाँले क्षीरेश्वरनाथका जनप्रनिीधिहरुले जनमतको कदर गर्नुपर्ने बताउनुभयो । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका नेता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नीति तथा बजेट प्रस्तुत गरिएको थियो ।
कार्यक्रमबाट चालु आर्थिक वर्षको संशोधित निति, बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । खुशि नगरवासी, समृद्ध नगरपालिका मुल नाराका साथ जनता समक्ष गरिएको प्रतिवद्धता र जनमतको कदर गर्दै सिमित श्रोत साधनका बाबजुद विकासका सबै क्षेत्रहलाई संम्बोधन गर्ने प्रयत्न गर्दै नगरको साधन श्रोतलाई सन्तुलित एवं न्यायोचित ढंगबाट वितरण गर्न हरसम्भव प्रयास गरेको नगर प्रमुख पजियारले जनकारि दिनुभयो ।
यस आर्थिक वर्षमा केन्द्र तथा आन्तरीक स्रोतबाट करिब रु।५१ करोड ५९ लाख ४६ हजार यस नगरपालिकामा आम्दनी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागी ४५ करोड ९२ लाख २ हजार खर्च भई कुल बजेटको ९० प्रतिशत खर्च भएको र महालेखा परिक्षण प्रतिवेदनमा खर्चको तुलनामा करिव १ प्रतिशतमात्र बेरुजु रहेको र सो बेरुजुको लागत कट्टा गर्नको लागि प्रमाण जुटाउने कार्य भईरहेको जानकारी गराउनुभयो ।
साथै जगत जननी श्री सीतामाताको विशाल मूर्ती निमार्ण गर्ने लक्ष्य लिईएकोमा यस अवधिमा सोकोलागि स्वायल टेस्ट गरिएको, दुधमति नदि सौन्दर्यकरण, यस नगरपालिकाकाको भवन निमार्ण, विभिन्न स्थानमा कालोपत्रे सडक निमार्ण, कृषि सडक निमार्ण, सडक ढलान तथा नाला निमार्ण, यस नगर स्थित रहेका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा अध्ययथ छात्राहरुलाई साइकल वितरण, जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वास्थय परिक्षण लगायतका उल्लेखनीय कार्यहरु भएको ।
त्यस्तै मानिसको जन्मदेखि मृत्यू सम्मको कार्यहरुको लागि गर्भवति महिला तथा जन्मेको बच्चालाई पोषण खर्च, मोतियाबिन्दु तथा अपरेशन खर्च र मृत्यू पश्चात क्रिया गर्नको लागि सहयोग स्वरुप नगरपालिकाबाट क्रिया खर्च लगायतको उपलब्धी मुलक कार्य गरिएको बताउनु भयो ।
त्यस्तै यही आर्थिक वर्षको लागि ५७ करोड ७९ लाख ३२ हजारको बजेट पारित गरेको थियो । जस्मध्ये हालसम्म ४ करोड ६० लाख ६ हजार खर्च भएको छ ।
लक्ष्यको तुलनामा खर्च कम हुनुको कारण हिन्दुहरुको महान चाड दशैं, दिपावली छठ पर्व परेको, सम्बन्धित कानुनको अभाव, दरबन्दी अनुसारका कर्मचारी अभाव र चालु आ.व. देखी केन्द्र सरकारले लागु गरेको अनलाईन प्रणाली लगायतका कारणहरु रहेको बताउनु भयो ।
त्यस्तै चालु आ.ब. ०७६/०७७ को संशोधित बजेट विभिन्न निकायहरुबाट प्राप्त अनुदान लगायत बाट रु. ५९ करोड ५२ लाख ६५ हजारको संशोधित बजेटबाट गत नगरसभाले पारित गरेका योजनाहरु मध्ये हालसम्म संचालन हुन नसकेका योजनाहरुलाई परिवर्तन गरि नगरवासीहरुबाट माग भएका अन्य महत्वपुर्ण योजनहरुमा रकम विनियोजन गरिएको छ ।
जसमध्ये आन्तरीक राजश्व वृद्धिको लागि घुमति टोलि परिचालन, सिँचाइको लागि विद्युत सम्बन्धी पोल, तार जडानलाई विशेष प्रथमिकता, बाढीपिडितहरुलाई उद्धार गर्ने सामग्री खरिद गरी प्रहरी संगको सहकार्यमा उद्धार कार्य लगायतको रहेको छ ।
कार्यक्रममा विशेष अतिथी जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव, नगर उपप्रमुख रचना माथेमा, प्रमुख प्रशासकीय अधिकृत उमेश लाल कर्ण, वडाअध्यक्षहरु, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायक, वडासदस्य, पत्रकार, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…