धनुषामा मन्त्री पोखरेलद्धारा थप एक प्राविधिक विद्यालयको स्थापना
बिधालयमा प्राबिधिक कार्यक्रम सरकार शुरु विद्यार्थीहरुले झन गुणस्तरीय शिक्षा हाँसिल गर्ने तर्फ उन्मुख हुने

२०७६ फागुन १८ आइतबार, बिहान ८:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषमा थप अर्को प्राविधिक विद्यालयको स्थापना गरिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शहिदको नाममा विद्यालय स्थापना गरिएको हो ।
गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ स्थित माध्यमिक बिधालय बरमझियामा नेपाल सरकारको बिज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल द्वारा सहिद रामबृक्ष यादव प्राविधिक बिधालयको स्थापना गरिएको हो।
वर्तमान परिवेशमा शिक्षा स्तरलाई माथि उकास्नको लागि तथा देशको शैक्षिक गुणाँकलाई वृद्धि गर्नको लागि बिद्यार्थीलाई शिक्षा सहित सिधै सिपको आवश्यकता रहेको बताउनुभयो ।

नेपालको अवस्था हेर्दा शिक्षा सहित सिधै सिपको जरुरी रहेको बताउँदै उहाँले प्राबिधिक शिक्षा सानै कक्षा देखि पाएमा छिटो र गुणस्तरीय शिक्षा पाउने अवस्था रहेको मन्त्री पोख्रेलले थप्नुभयो ।
विद्यालय व्यवस्थापन समिति समिती अध्यक्ष रोशन दिप दकालको अध्यक्षतामा तथा मन्त्री पोखरेलको प्रमुख अतिथीमा भएको सो कार्यक्रममा नगरकी उपमेयर मिना यादवले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
स्वागत तथा शुभकामना मनतव्य राख्दै उहाँले अहिलेको परिवेशमा बिधालयमा प्राबिधिक कार्यक्रम सरकार शुरु विद्यार्थीहरुले झन गुणस्तरीय शिक्षा हाँसिल गर्ने तर्फ उन्मुख हुने बताउनुभयो ।
गाउँमै प्राविधिक विद्यालय हुँदा सिँगो गाउँलाई मात्र होईन की आसपासका क्षेत्रका विद्यार्थीहरुलाई पनि प्रत्यक्ष फाईदा पुग्ने छ । यस कार्यक्रममा नमुना ४–५ बिघामा कृषि खेती भएमा बिद्यार्थी लाई फाईदा जनक हुनेछ्न । हामी छिट्टै किसान लाई अगाडी बढाई नगरपालिकाबाट समेत केही सहयोग गरि नमुना खेती गर्न लगाउछौ।”– उप मेयर यादवे थप्नुभयो ।

सो कार्यक्रममा इकाई प्रमुख बरखु प्रसाद रजक जिल्ला भरिको शिक्षा अवस्था बारेमा जानकारी गराई प्राबधिक बिधालय स्थापना भएमा खुसी व्यक्त गरे संगै आफूबाट वा सम्बन्धित निकायबाट सहयोग गर्ने बिश्वास समेत दिनुभयो ।
सो कार्यक्रममा नगर प्रमुख रामबाबु यादव, नगर उपप्रमुख मिना कुमारी यादव, संघीय सांसद बोधमाया यादव, नेकपा नेता श्रवण बरबरिया यादव, सुधीर साह, सीता पोखरेल, जिल्ला सचिव दिपक यादव, सबैला नपाकी नगर उपप्रमुख निलुदेवी कापर, सिटिईभीटीका महानिर्देशक बिनय कुमार मिश्र, प्रदेश नं २ का संयोजक नागेन्द्र प्रसाद साह, शिक्षा समन्वय इकाइ प्रमुख बरखु प्रसाद रजक,विभिन्न पार्टी का नेताहरु, वडा अध्यक्षहरु, शिक्षकहरु, सहभागी रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…