‘बडा ब्यूटीफुल’को अपार सफलतापछि ‘भरल जवानी’
यसअघि सार्वजनिक गरिएको बडा ब्यूटीफुलले एक महिनामै झण्डै ३ लाख बढी भ्यू पाइसकेको छ ।

२०७६ फागुन १६ शुक्रबार, बेलुकी ५:३० बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीती म्यूजिक भिडियो ‘भरल जवानी’ सार्वजनिक भएको छ ।
यसअघि ‘बडा ब्यूटीफुल’ नामक म्यूजिक भिडियोबाट राम्रो चर्चा बटुलेका निर्माण टिमले शुक्रबार पुनः नयाँ गीत तथा भिडियो रिलिज गरेका हुन् । नयाँ म्यूजिक भिडियो भरल जवानीलाई पनि एआर मोसन पिक्चर नामक यूट्युब च्यानलबाटै सार्वजनिक गरिएको छ ।
मैथिली संगीत क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने उद्देश्य बोकेर गीत तथा भिडियो निर्माणमा कम्मर कसेका एवं बडा ब्यूटीफुलबाट अत्यधिक मन पराइएका अमर रकले निर्माण गरेको भरल जवानी पनि स्वयं रक र मनिषा पोखरेलले स्वर सजाएका छन् । जगमोहन साहद्धारा रचित उक्त गीतको भिडियोमा शान थापाको निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् :
यस्तै, म्यूजिक भिडियोमा अभिनय सुनिल क्षेत्री, जुना सुनदासको छ । नयाँ गीत भरल जवानी पनि एकाउस्टिक नेपाल स्टुडियोमै रेकर्डिङ गरिएको छ । यो गीतमा पनि हरी लम्सालले नै संगीत दिएका छन् ।
भरल जवानीको म्यूजिक भिडियोमा पनि प्रोडक्सन म्यानेज मनोज जोशीले नै गरेका छन् भने कोरियोग्राफी पनि राजीव समरकै रहेको छ । गीत मिक्सिङ भने चन्द्र चौधरीले गरेका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…