८१ लाखको एउटै भैंसी, दुध दिन्छ कति ?
३३ किलो १३ ग्राम दुध दिएर विश्व रेकर्ड कायम गरेको थियो भने ३ लाख २० हजार रुपैयाँ पुरस्कार पनि जितेको थियो ।
२०७६ फागुन १६ शुक्रबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । साधारणतया एउटा भैंसी कति लिटर सम्म दुध दिन सक्छ ? ५ लिटर वा १० लिटर सम्म । तर भारतमा एउटा भैंसी नै ८१ लाख रुपैयाँमा विक्री भएको छ ।
एउटै भैंसी दिनभरिमा ३३ किलोभन्दा बढी दुध दिएर विश्व रेकर्ड कायम गरेको छ । सोही कारणले त्यो भैंसीलाई ८१ लाख रुपैयाँमा विक्री गरिएको छ । भैंसीको नाम सरस्वति उनको मालिकले राखिदिएको छ ।
यसअघि एक पाकिस्तानको भैंसीले ३२ किलो बढी दुध दिएर विश्व रेडर्क कायम गरेकोमा भारतमा यसपाली त्यो भन्दा पनि बढी दुध दिएर विश्व रेकर्ड कायम गर्न सफल भएको हो । सरस्वति एक दिनमा ३३ किलो १३ ग्राम दुध दिएर विश्व रेकर्ड कायम गरेको हो ।
भारत हरियाणा राज्यको हिसार जिल्लाको लितानीका किसान सुखबीर सिंह ढांडाले सरस्वतीलाई ४ वर्ष अघि २ लाख रुपैयाँमा किनेका थिए । सरस्वतीलाइ लिएर सुखबीर केही दिन पहिले लुधियानाको जगरांवमा डेरी एण्ड एग्रो एक्सपोमा भाग लिन गएका थिए ।
त्यहाँ सरस्वतीले ३३ किलो १३ ग्राम दुध दिएर विश्व रेकर्ड कायम गरेको थियो भने ३ लाख २० हजार रुपैयाँ पुरस्कार पनि जितेको थियो ।
सुखवीरले सरस्वतिलाई बेच्नु अघि एक कार्यक्रमको आयोजना गरेका थिए । सोही कार्यक्रममा सरस्वतिलाई विदाबारी पनि गरियो । सो कार्यक्रममा ७ सय बढी किसानहरुको उपस्थितिमा सरस्वतिलाई ८१ लाख रुपैयाँ लिएर विक्री गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…