सँजय साह (टकला) उपर अदालतको अन्तिम फैसला !
यसअघि साहलाई नै अदालतले अरुण सिँघानीय हत्या काण्ड र जनकपुर बम काण्डमा जन्मकैदको फैसला सुनाईसकेको छ ।

२०७६ फागुन १५ बिहीबार, राति १०:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराज्यमन्त्री सँजय साह (टकला) को मुद्दालाई सुनुवाई गर्दै आज (विहिबार) अदालतले अन्तिम फैसला दिएको छ ।
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको अन्तिम सुनुवाई गर्दै साह विरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको हो । उक्त मुद्धामा साहलाई ४ वर्ष कैद सहित जरिवाना समेत सुनाएको हो ।
फैसला अनुसार साहलाई १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँ ९० पैसा जरिवाना तथा सोही बराबरको बिगो जफत हुने फैसला सुनाइएको हो ।
विशेष अदालतमा न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले सो फैसला सुनाएको हो ।
पूर्वराज्यमन्त्री साहविरुद्ध अख्तियारले साढे २१ करोड र सम्पत्ति शुद्धीकरण विभागले ३२ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेकोमा १९ करोड ४४ लाख ३८ हजार ९ सय ८३ रुपैयाँको विगो जफतको फैसला सुनाएको हो ।
वि.सं. २०६४ साल चैत्र २८ मा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय साह उर्फ संजय टक्ला पहिलो पटक निर्वाचित भएका थिए ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए। विद्यर्थी जीवनबाटै ‘डन’का रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ ।
ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण टिकट किनेर संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए ।
मधेसी जनअधिकार फोरम नेपालको टिकट पाएर प्रत्यक्ष निर्वाचनमा संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा साहले नेकपा एमालेका नेता रघुवीर महासेठलाई पराजित गरेका थिए। महासेठले ९ हजार २ सय ८२ मत मात्र प्राप्त गर्न सकेका थिए।
त्यसैगरी २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धनुषाको क्षेत्र नं. ४ बाट संजय कुमार साहले १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका थिए । सद्भावना पार्टीको वरिष्ठ उपाध्यक्षसमेत रहेका साह निर्वाचित भएका थिए।
साहले नेपाली कांग्रेसका धनुषा सभापति तथा पुर्व सभाषद रामसरोज यादवलाई पराजित गरेका थिए। साह नै त्यस्तो नेता बन्न सफल भए जो कि जनकपुर क्षेत्रमा लगातार दुई पटक निर्वाचन जित्न सफल भएका थिए ।
साहले राज्यमन्त्री पदको व्यापक दुरुपयोग गर्दै भ्रष्टाचार गरेको अभियोगमा २०७३ पुस २५ गते अख्तियार र २०७४ साल चैत १६ गते सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यसअघि साहलाई नै अदालतले अरुण सिँघानीय हत्या काण्ड र जनकपुर बम काण्डमा जन्मकैदको फैसला सुनाईसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…