जनकपुरमा सबभन्दा परफेक्ट “होटल परफेक्ट प्लाजा” सँचालनमा
जनकपुरलाई भीउ गर्न सकिने भीउ टावर जस्तै मिटिँग हल समेत निर्माण गरिएको छ । जहाँबाट पुरै जनकपुरलाई हेर्न सकिन्छ ।

२०७६ फागुन १५ बिहीबार, बेलुकी ६:०४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा एक सुविधा सम्पन्न नयाँ होटलको शुभारम्भ भएको छ ।
अत्याधुनिक र विदेशी शैलीमा निर्माण गरिएको होटल परफेक्ट प्लाजा सँचालनमा आएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोक स्थित सँचालनमा आएको होटल परफेक्ट प्लाजामा अत्याधुनिक प्रकारले सुरक्षा व्यवस्था समेत मिलाइएको छ । 
लिफ्टको व्यवस्था सहित सिँग्ल बेड, डब्बल बेड, अटैच बाथरुम, पूर्ण प्रकाश, बालकोनीको बेग्लै डिजाईन गरिएको छ । होटलमा ईमेरन्जसी आलार्म, विद्युतीय ढोका, कार्डले खुल्ने लक, पासवर्डले खुल्ने लक लगाईएको छ ।

सरकारी वा गैर सरकारी सँस्थाहरुको लागि आयोजना गरिने बैठक, कार्यक्रम, गोष्ठी, सेमिनारको लागि उत्तम व्यवस्था गरिएको छ । गोप्य बैठक वा कुनै प्रकारको कार्यक्रममा अनाधिकृत व्यक्तिको प्रवेश निषेध गर्न पासवर्ड सिस्टमको लक ढोकामा जडान गरिएको छ । आयोजकलाई मात्र पासवर्ड प्रदान गरी बैठकलाई सुरक्षित र मर्यादित बनाउन सक्ने व्यवस्था मिलाएको होटल सँचालक प्रदीप कुमार साहले जानकारी दिनुभयो ।
साहका अनुसार, जनकपुरमै अटो सिस्टमको प्रोगामिँग प्रविधि जडान गरी होटल सँचालनमा ल्याएको हो । भित्र कोठामा अत्याधुनिक प्रकारको बेड सहित सबै कोठामा स्मार्ट टिभी, ईन्टरनेट, टेलिफोनको व्यवस्था गरिएको छ ।

“ग्राहकको सुविधाको लागि हामी सबै प्रकारले सहयोग मिलाएका छौं । रुमबाट बाहिर निस्कने वित्तिकै टाईमर लागेको लाईट अटोमेटिक अफ हुनेछ । यसको लागि अतिथिले स्वीच बाल्ने, निभाउने झन्झट गरिराख्नुपर्दैन् ।”– सँचालक साहले भन्नुभयो ।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…