गैर आवासीय मधेशी संघको कार्यक्रममा सहभागी हुन ‘डॉ. सीके राउत’ दुबई जाने
यस कार्यक्रममा विदेशमा रहेका मधेशीहरुको मोटो सँख्यामा उपस्थिति हुने जनाइएको छ ।

२०७६ फागुन १५ बिहीबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा। सिके राउत गैर आवासीय मधेशी संघको अधिवेशन तथा मधेशी होली कार्यक्रममा सहभागी हुन युएईको दुबई जाने भएको छ ।
सो कार्यक्रम आगामी मार्च ६ तारिखको दिन दुबईको अल कुजमा आयोजना हुन लागेको यस संघका यूएई अध्यक्ष ई. संजय कर्णले जानकारी दिएका छन्।
गैर आवासीय मधेशी संघका सँस्थापक अध्यक्ष समेत रहेका डा. राउतले यसपाली विदेशमा रहेका तथा गैर आवासीय मधेशी संघसँग आवद्ध पदाधिकारी, सदस्यहरुसँग होली खेल्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
त्यसको लागि मधेशका दिग्गज कलाकारहरुले समेत सहभागीता जनाउँदै छ । मधेशी होली धमाका कार्यक्रम नाम राखिएको उक्त साँस्कृतिक कार्यक्रममा कलाकारहरुले आ आफ्नो प्रस्तुति दिने भएको छ ।
यता, डा. सिके राउत मधेशी होली धमाकामा सहभागी हुने भएपछि विभिन्न ठाउँमा छरिएर रहेका मधेशीहरुको भारी सँख्यामा सहभागी हुने विश्वास लिइएको छ । विदेशमा रहेका मधेशीहरुको दुःख, पीडामा साथ दिने उदेश्यले गठन गरिएको छाता संगठन गैर आवासीय मधेशी संघ मधेशीहरुको लागि हितकारी कार्य गर्दै आएको छ ।
दुबई बसाईको क्रममा डॉ. राउत मधेशी प्रवासीहरुसंग भेटघाट गर्ने तथा नेपाली राजदूतबासमा समेत अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी गराईएको छ।
सो कार्यक्रममा गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय समिति अध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग प्रमुख समेत रहेका ईन्जिनीयर बसन्त कुशवाहाको विशेष आतिथ्य, यस्तै, गैर आवासीय मधेशी संघ अमेरिकाका अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य ईन्द्रजीत यादव, संघका कोषाध्यक्ष तथा जनमत पार्टीका विदेश विभाग उप प्रमुख ई। सुरेन्द्र नारायण यादवको आतिथ्य रहने जनाइएको छ ।
यसका साथै संघको क़तार समिति अध्यक्ष एवम् जनमत पार्टी विदेश विभागका सदस्य समेत रहेका ई। शम्भुनाथ साह, गैर आवासीय मधेशी संघ साउदी अरबका सह–अध्यक्ष तथा जनमत पार्टी बिदेश विभाग सदस्य उपेन्द्र अधिकारी यादव लगायतका दिग्गज व्यक्तित्वहरुको विशेष उपस्थिति रहने छ ।
यस कार्यक्रममा विदेशमा रहेका मधेशीहरुको मोटो सँख्यामा उपस्थिति हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…