धनुषाः मोटरसाईकल चोरले लक खुलाउन नसकेपछि...
उक्त हतियार तथा घटनाको मुचुल्का उठाई प्रहरीले हतियार ईलाका प्रहरीमा लगिएको हो ।

२०७६ फागुन १४ बुधबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल चोरहरुले गएराती मोटरसाईकल चोरी गर्न नसकेपछि हतियार छाडेर भागेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ मूलाबारी स्थित एक घरमा मोटरसाईकल चोरी गर्न नसकेपछि हतियार छाडेर भागेका हुन् । स्थानीय जागेश्वर मण्डलको घरबाट गएराती करिब १२ः१५ बजेको समयमा चोरहरुले चोरी गरेका थिए ।
होण्डा साईन मोटरसाईकल घरबाट उठाएर बाहिर लगिएपनि मोटरसाईकलको लक (ताला) मजबुत भएको कारण फुटाउन नसकेर भागेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
मोटरसाईकलको लक फुटाउन नसकेपछि चोरहरुले मोटरसाईकललाई त्यही छाडेर भागेको प्रहरीले जनाएको छ । उक्त मोटरसाईकल लैजाने प्रयास विफल भएपछि उनकै छिमेकी स्थानीय लक्ष्मी मण्डलको घरबाट अर्को मोटरसाईकल चोरी गरी भागेका हुन् ।
लक्ष्मी मण्डलको घरमा आएका एक आफन्तले मोटरसाईकलको साँचो (चाभी) दरबाजामै रहेको घरमा झुण्डयाएर सुतेका थिए । राती आएका चोरहरुले उनको मोटरर्साईकल चोरी गरी भागेका हुन् । आफन्त रामगुण मण्डलको मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल राती नै चोरी भएपनि मण्डलले भने विहान ६ः३० बजे उठदा मोटरसाईकल नदेखेपछि हो हल्ला भएको थियो । यता, मोटरसाईकल चोरी विफल भएको स्थानमा एक थान कटुवा पेस्तोल समेत बरामद गरेको छ ।
हरियो प्लेट ५३–०–४५२ नम्बरको सिल्भर कलरको मोटरसाईकल चोरी भएको हो । मण्डल गैर सरकारी सँस्था स्थानीय सडक पूल कार्यक्रममा कार्यरत छन् ।
जागेश्वर मण्डलको घरदेखि करिब ५० मिटरको दुरीमा सडक छेउमै गोली लोड भएको कटुवा पेस्तोल फेला परेको हो । त्यसमा एक राउण्ड गोली समेत लोड भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
उक्त हतियार तथा घटनाको मुचुल्का उठाई प्रहरीले हतियार ईलाका प्रहरीमा लगिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…