भारतको दिल्लीमा प्रहरीलाई 'सुट एट साईट' अर्डर !
सो ईलाकामा भारी सँख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
२०७६ फागुन १३ मंगलबार, राति १०:०६ बजे१ मिनेट पढाइ

एजेन्सी । भारतको दिल्लीमा भएको हिँसात्मक घटनापछि त्यहाँका प्रशासनलाई सुट एट साईट ( Shoot-at-Sight) अर्थात त्यस्ता व्यक्तिलाई हेर्दै गोली हान्ने आदेश दिइएको छ ।
भारतमा नागरिकता सँशोधन कानुन () लाई लिएर सुरु भएको आन्दोलन अझ विश्राम लिएको छैनन् । दिल्लीको उत्तरपूर्वीमा अवस्था अत्यधिक बिग्रीएपछि ४ ठाउँमा कफ्र्यू लगाइएको छ ।
त्यही, दक्षिणी पूर्वी दिल्लीमा प्रहरीले उच्छृँगल गतिविधि गर्नेलाई देख्ने वित्तिकै गोली हान्ने आदेश जारी गरेको छ । उत्तरीपूर्वी दिल्लमा नागरिकता सँशोधन कानुनको नाममै हिँसात्मक घटनाहरु उग्र भएको छ । सोमबार मात्र एक प्रहरी सहित १० जनाको मृत्यू भएको हो ।
दिल्लीको विभिन्न ठाउँमा दँगा भडकेको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । नागरिकता बील सँशोधनको लागि ठाउँ ठाउँमा पक्ष विपक्ष गरी आन्दोलन भईरहेको छ । दिल्लीमा अहिलेसम्म १० जनाले आफ्नो ज्यान गुमाईसकेको छ भने २ आईपिएस अधिकराी सहित ५६ प्रहरी गरी २०० बढी घाईते भएका छन् ।
उत्तरीपूर्वी दिल्लीको हालात अहिले तनावग्रस्त रहेको छ । सो ईलाकामा भारी सँख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । आज (मँलबार) समेत उच्छृगल व्यक्तिहरुले कैयौं मोटरसाईलमा आगजनी गरी ध्व्स्त पारिदिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…