लालबाबू राउत ज्यू, कति गफ हाँक्नुहुन्छ ?
सरकार चलाईसकेको अवस्था छ तर बेरोजगार युवाको लागी एक प्रतिशत पनि काम गरेको देखिन्न ।
२०७६ फागुन १२ सोमबार, राति ९:०८ बजे३ मिनेट पढाइ

प्रदेश सरकार बनेको लगभग २० बीस महिना भन्दा बढी भैइसकेको छ। सातवटै प्रदेश मध्ये यस प्रदेशमा उपेन्द्र यादवको पार्टी समाजवादी फोरम र ६ वटा अध्यक्ष भएको राजपा पार्टीले मिलेर सरकार बनाएको छन् ।
मधेसी सामुदायको समृद्धि एवं हकअधिकारको निम्ति मधेसमा ३ वटा ठुलो आन्दोलन गरिए र सो क्रममा सयौं मधेस युवाले मधेसी समाजको समानताको हकअधिकारको लागि नडाराई आफ्नो ज्यानको आहुती दिए र उनी मधेस एवं देशको वीर सहिद बने। सहिदको सपना सकारको निम्ति प्रदेश २ को जनताले चुनावमा सबैभन्दा बढी मत मधेस केन्द्रित दललाई दिए ।
बाकि नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सीट हासिल गरे । बढी मत मधेस केन्द्रित दल लाई आउँदा उनीहरूकै सरकार बने। मुख्यमन्त्री चाहिँ समाजवादीलाई दिए ।
आज २० महिना भन्दा बढी मुख्यमन्त्री लालबाबु राउतले सरकार चलाईसकेको अवस्था छ तर बेरोजगार युवाको लागी एक प्रतिशत पनि काम गरेको देखिन्न ।
भौगोलिक को हिसाबले सबभन्दा सुगम प्रदेश २ नै छन् ।तर आर्थिक विकास र समृद्धिका दृष्टिकोणले कर्णाली प्रदेशभन्दा पछाडि रहेको तथ्यांक मिडिया मार्फत समाचार पढ्न पाईयो । यसो भन्दा पत्याइहाल्न गाह्रो पर्छ ।
तर मिडियाको रिपोर्ट अनुसार त्यही कुरा देखिएको छ । यहाँ नेताहरूको राजनीतिक स्वार्थ , सरकार द्वारा नै प्रदेशमा सुशासनको कमी, सुरक्षा र लगानीमैत्री वातावरणको अभाव, सिचाइको कुरा गर्दा हेक्टरको हेक्टर जग्गामा अहिलेसम्म पनि पर्याप्त पानी पुर्याउन सकेको छैन र बेरोजगारीको हालत भनी नसक्नु छ।
आज यीनै कारणहरुले प्रदेश २ कर्णालीभन्दा धेरै कमजोर बन्न पुगेको छ। सन् २०११ को जनगणनामा प्रदेश २ को जनसङ्ख्या ५१ लाख ३७ हजार ९ सय छ । प्रदेश २ को मानव विकास सूचकाङ्क ०.४२ छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार २१ प्रतिशतभन्दा कम गरिबीको सङ्ख्या रहेका जिल्लाहरू उच्च समृद्धि स्तरका श्रेणीमा पर्छन् भने ३१ प्रतिशतभन्दा बढी गरिबी भएका जिल्ला न्यून समृद्धिस्तरमा पर्छन् । यसअनुसार, सप्तरी ३९.५, सिरहा ३४.६, धनुषा २३.१, महोत्तरी १६.२, सर्लाही १७।७, रौतहट ३३.४, बारा २९.९ र पर्सा २९.२ प्रतिशत गरिबी छ ।
त्यसैगरि केन्द्रीय तथ्यांक विभागको नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ को प्रतिवेदनअनुसार प्रदेश २ मा सबैभन्दा बढी २०.१ प्रतिशत बेरोजगारी दर रहेको जनाइएको छ। प्रदेश २ मा पुरुषको १५.३ र महिला २८।६ प्रतिशत बेरोजगारी दर रहेको प्रतिवेदनमा रहेको पाईयो।
मुलुकको कुल बेरोजगारी दरको तुलनामा समेत प्रदेश २ को बेरोजगारी दर बढी छ। उक्त तथ्यांकअनुसार नेपालको कुल बेरोजगारी दर ११.६ प्रतिशत छ। प्रदेश २ को शहरी क्षेत्रमा २०.४, ग्रामीण क्षेत्रका १९.४, पुरुष १५.३ र महिला २०.१ प्रतिशत बेरोजगार छन्।
उक्त रिपोर्ट अनुसार प्रदेश २ मा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहका जनसंख्यामध्ये ३ लाख १७ हजार जनसंख्या बेरोजगार रहेको सर्वेक्षणका क्रममा देखिएको छ |
बसोबासको आधारमा २ लाख १६ हजार सहरी र १ लाख १ हजार ग्रामीण क्षेत्रमा बेराजगार देखिएको , प्रदेश २ बेरोजगारीको यति खराब अवस्था हुँदाहुँदै पनि प्रदेश सरकारले रोजगारी सिर्जनाको लागी कुनै किसिम कार्यक्रम ल्याउन सकेको छैन ।
अहिले बस चलाउनको निम्ति जति रकम खर्च हुनलागेको छ र प्रदेश सरकारको मन्त्री माननीय ज्युहरुको विलासीता जीवनको लागि सेवा सुविधा सत्कारको लागि जति धेरै रकम खर्च गरिदै छ त्यतिमा त रोजगारी सिर्जनाको लागी ग्रामीण स्तरमा धेरै नै लघु उद्यम कार्यक्रम संचालन भैइहाल्थ्यो।
केही नभए कमसेकम एक दुईवटा ठुला कलकारखाना खोल्न सकिन्थ्यो । र त्यस मार्फत हजारौं बेरोजगार युवाले रोजगारी पाउन सक्थ्यो तर तेस्तो केहि भएनन् । भयो मात्र मुख्यमन्त्रीको गफ ।
आशुतोष झा 'नवीन'
राजनीति शास्त्रमा अध्ययनरत एवं नेविसंघ नेता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…