आउँदो वर्ष किशोरीजीको डोला भव्य तवरले प्रस्थान गर्नेछ : मेयर यादव
आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै झन भव्यताका साथ मनाइने बताउनुभयो ।

२०७६ फागुन ११ आइतबार, राति ९:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादवले मधेशको महाकुम्भ मानिएको धार्मिक लस्कर परिक्रममाको लागि विशेष योजना ल्याउने बताउनुभएको छ ।
नेपालकै सबभन्दा ठुलो दुरीको धार्मिक पदयात्रा रहेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको लागि विशेष योजनाहरु ल्याउने बताउनुभएको छ । मिथिला बिहारी नगरपालिका वडा नं. ८ स्थित रहेको प्रसिद्ध मिथिला बिहारीको मन्दिरबाट डोला उठने भएकोले त्यहाँको सम्पूर्ण व्यवस्थापन अब नगरपालिकाले गर्ने बताउनुभएको छ ।
२०७६ सालको परिक्रमा धार्मिक लस्करको लागि सलामी दिन नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई बोलाएर नगरपालिकाले पुष्पवृष्टि समेत गराएको छ । परिक्रमामा हेलिकप्टरबाट पुष्पको वर्षा पहिलो पटक गरिएको दाबी गरिएको छ ।
परिक्रममा सहभागी हुने लाखौं भक्तालुहरुलाई मध्यनजर गर्दै मिथिला विहारीको डोला व्यवस्थापनदेखि मन्दिर सौन्दर्यीकरण, प्रवेश द्धार सौन्दर्यीकरण र अन्य व्यवस्थापनको लागि अब नगरपालिकाले नै बजेट विनियोजन गर्ने मिथिला विहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र मण्डलले बताउनुभएको छ ।

आज (आईतबार) देखि शुभारम्भ भएको यस वर्षको परिक्रमा व्यवस्थापन र डोला विदाई गरेपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दै अधिकृत मण्डलले मन्दिर सहित डोला व्यवस्थापनकै लागि तथा श्रद्धालु व्यववस्थापनको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले यसपाली नगरपालिकाबाट बजेट विनियोजन गरेर भव्यता प्रदान गरेको जनाउँदै आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै झन भव्यताका साथ मनाइने बताउनुभयो ।
“हामीले मिथिला बिहारीको यो मन्दिरलाई पर्यटकीय स्थल बनाउने योजनामा छौं । नेपालकै सबभन्दा लामो दुरीको धार्मिक पदयात्रा यहीबाट शुभारम्भ हुन्छ, तर पनि धार्मिक पर्यटकीय स्थलको रुपमा भने विशुद्ध रुपमा आउन सकेको अवस्था छैन, यसलाई अब नगरपालिकाको व्यववस्थापन र योजनामा धार्मिक पर्यटकीय स्थल बनाउदैछौं । – उहाँले भन्नुभयो ।
नगरपालिका नगर प्रमुख अनिल यादवको विशेष पहलमा नेकपाका दिग्गज नेता प्रचण्ड सहित रघुविर महासेठ, जुली महासेठ, श्रवण बरबरिया लगायत अन्य दिग्गज नेताहरु परिक्रमामा सलामी दिन आएको बताउँदै आगमी वर्ष यसभन्दा पनि भव्य तवरले परिक्रमाको डोला उठने बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…