जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर सम्मेलन हुँदै
नेपालवाट मात्रै नभई भारतको सीमा क्षेत्रहरुवाट पनि यहाँ क्यान्सरका रोगीहरु उपचार गराई राखेका छन् ।

२०७६ फागुन ११ आइतबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा अन्तराष्ट्रिय स्तरको क्यान्सर सम्मेलन आउँदो मार्च महिनामा हुने भएको छ ।
जनकपुरको विनय तारा क्यान्सर ट्रष्टद्वारा सञ्चालित विनय तारा फाउण्डेशन क्यान्सर सेन्टरले मार्च ६ र ७ गते अन्तर्राष्ट्रिय स्तरको कन्र्फरेन्स (सम्मेलन) गर्नेभएको हो ।
विगत एक वर्ष देखि निरन्तर क्यान्सर रोगको सुलभ उपचार गरि रहेका विनय तारा फाउण्डेशन क्यान्सर सेन्टरले अन्तर्राष्ट्रिय स्तरको कन्र्फरेन्स गरेर क्यान्सर सम्वन्धी नयाँ अनुसन्धानमा केन्द्रीत रही छलफल तथा अन्र्तक्रिया गर्ने सेन्टरका निर्देशक नवीनकुमार साहले जानकारी दिएका छन् ।
सो कन्र्फरेन्समा विभिन्न विशेषज्ञ चिकित्सकहरुले आफुले अनुसन्धान गरेका विषयमा सोधपत्र समेत प्रस्तुत गर्ने भएको छ । यस कन्र्फरेन्सवाट क्यान्सरको उपचार सम्वन्धी नयाँ पद्धति चिकित्सकहरुकोलागि सहयोगी सावित हुने निर्देशक साहले विश्वास व्यक्त गरे ।
जनकपुरधाममा सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक साहले भने–‘विभिन्न समयमा यस क्षेत्रका आम जनता क्यान्सर जस्तो गम्भीर रोगको उपचार गराउँन वाहिर जानु परेको थियो तर, आज यहि हामी सुलभ रुपमा उपचार दिदै आएका छौं ।’
विनय तारा क्यान्सर सेन्टरमा योग्य दक्ष तथा अनुभवी चिकित्सकहरुको चिकित्सा पद्धतिले हामी यहाँ सफल भई रहेको छौ निर्देशक साहले भने–‘स्थानीय स्तरमा सफलता कमाउनु सेन्टर स्थापनाको उद्देश्य रहेको छ ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…