७० बर्षिय वुवासँग आफ्नै श्रीमतिलाई यस्तो अवस्थामा देखेपछि...
श्रीमतीको चालचलन राम्रो नरहेको सुनेको र आफनै आखाँबाट हेरेपछि घटना रिस थाम्न नसकेर बाउको हत्या

२०७६ फागुन ११ आइतबार, बेलुकी ६:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आफ्नै वृद्ध बुवासँग आफ्नी श्रीमतिलाई देखेपछि एक जनाले आफ्नो बुवालाई हत्या गरेको खुलेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीको देवीपर्सा टोलमा गत माघ २७ गते ७० बर्षिय वृद्धलाई विभत्स तवरबाट हत्या गर्ने मृतकको आफनै माइलो छोराको हात रहेको रौतहट प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आईतवार आयोजित पत्रकार सम्मेलनमा अभियुक्तलाई सार्वजनिक गर्दै माघ २७ गते विहान करिव ३ देखि ४ बजेको समयमा गोठमा सुतिरहेका ७० बर्षिय फेकन पण्डित कुम्हारलाई हत्या भएको थियो ।
सो घटनामा उनकै २५ बर्षिय छोरा राजकुमार पण्डित कुम्हारले हथौडा र धारिलो हतियार प्रहार गरेर विभत्स तवरबाट हत्या गरेको प्रहरीले गरेको गहन अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरिक्षक रबीराज खड्काले जानकारी दिएको हो ।
पहिले टाउकोमा ठुलो हथौडा प्रहार गरे, त्यसपछि...
गत माघ २७ गते विहान ६ः०० बजेको समयमा अभियुक्त राजकुमार सहित स्थानीय बासिन्दाहरुले घटनाको जानकारी ईलाका प्रहरी कार्यालय गंगापिपरामा गराएको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नविनकुमार सिह सहितको पाँच सदस्यीय टोली घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान गर्दै जाँदा जटिल प्रवृतिको घटना भएपछि तत्कालै महोतरीको लालगढबाट तालिम प्राप्त कुकुर सहितको टोली ल्याएर अनुसन्धान गरिदा घटनामा मृतककै छोराको मात्रै संलग्नता रहेपनि निरन्तर रुपमा अनुसन्धान एवं सोधपुछ गर्दै जाँदा पिडक राजकुमारले आफनो अपराध स्वीकार गरेको एसपी खड्काले पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसरी भएको थियो घटना
२०७६ साल माघ २६ गते बेलुकी करिब ८ः०० बजेको समयमा खाना खाएर फेकन गोठमा सुत्न गएको र राजकुमार ३ जना छोरा सहित श्रीमती घरमै सुतेको थियो । तर विहान ३ बजेको समयमा श्रीमतीलाई ओछ्यानमा नहेर्दा खोज्दै गोठमा पुग्दा त्यहा बसेको देखेपछि रिस थाम्न नसकी गोठमै रहेका घरेलु हतियार प्रहार गरेर वावुको हत्या गरेका थिए ।
छोरा राजकुमारले श्रीमतीलाई बावुको ओछ्यानमा हेर्दा रिसको आवेशमा आएर टाउकोमा हथौडाले ४/५ पटक अन्धाधुन्ध प्रहार गर्नुका साथै धारिलो घाँस काट्ने गडासीले अनुहारमा ४/५ पटक हिर्काएर हत्या गरेको थियो । हत्या गरेपछि घरमा आएर लुगा बदले ।
श्रीमतीलाई कसैलाई नभन्नु भनेका थिए । घटना पछि पिडक राजकुमार र उनको श्रीमती सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा घटनाको सत्यता बाहिरीयो अभियुक्त अपराध स्वीकार गरे ।
पिडिकको श्रीमती फागुन ७ गते जिल्ला प्रहरी कार्यालय श्रीमान विरुद्ध दिएको किटानी जाहेरीको आधारमा मुलुकी अपराध संहिता २०७४ को ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट फागुन ८ गते ५ दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको एसपी खड्काले भने ।
अभियुक्तको ५ बर्ष, साढे तिन बर्ष र २ बर्षको छोरा रहेको छ उनी गंगापिपरा बजारमा किराना पसल थापेर व्यवसाय संचालन गर्दै आईरहेको र श्रीमतीको चालचलन राम्रो नरहेको सुनेको र आफनै आखाँबाट हेरेपछि घटना रिस थाम्न नसकेर बाउको हत्या गरेको बुझिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…