मंगलबारदेखि राष्ट्रव्यापी फुटबल प्रतियोगिता
मेलम्ची, १ माघ : सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगिताम

२०७४ माघ १ सोमबार, बिहान ९:१२ बजे१ मिनेट पढाइ

मेलम्ची, १ माघ : सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो ।
मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा देशभरबाट इच्छुक फुटबल टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक सुरेन श्रेष्ठले बताउनुभयो ।
माघ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि अहिलेसम्म सात टिमले सहभागिता जनाएको र सहभागिताको लागि टिम आउने क्रम जारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमा प्रथम, द्धितीय, तृतीयलाई शिल्ड, मेडल प्रमाणपत्रसहित क्रमशः नगद रु ६० हजार, ३५ हजार र १५ हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डरसहित सर्वाधिक गोलकर्तालाई कप प्रमाणपत्रसहित नगद रु तीन हजार प्रदान गरिने क्लबले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…