महाशिवरात्रि : २० तिर्थालुले गरे पशुपतिनाथको दर्शन
न्यूज ब्यूरो, काठमाडौं । महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा यसवर्ष २० लाखको हाराहारी तीर्थालुले दर्शन गरेका छन् । अन्य वर्षको तुलनामा यसवर्ष बढी तिर्थालुले दर्शन गरेको श्रोतले जनाएको छ । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । मानिसहरु धेरै भएका कारण बढी समय लाइन

२०७६ फागुन ९ शुक्रबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । महाशिवरात्रीका अवसरमा पशुपतिनाथमा यसवर्ष २० लाखको हाराहारी तीर्थालुले दर्शन गरेका छन् ।
अन्य वर्षको तुलनामा यसवर्ष बढी तिर्थालुले दर्शन गरेको श्रोतले जनाएको छ । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् ।
मानिसहरु धेरै भएका कारण बढी समय लाइन बस्नु परेपनि जुत्ता चप्पल ब्यवस्थापन तथा दर्शन गर्ने व्यवस्था राम्रो भएको तिर्थालुहरुले प्रतिक्रिया दिए । यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईको अध्यक्षतामा १ सय १० सदस्यीय मूल समारोह समिति बनाइएको थियो ।
जसअन्र्तगत ११ वटा उपसमिति बनाएर महाशिवरात्रि व्यवस्थापनमा खटिएको पशुपति क्षेत्र विकास कोषका सञ्चालक समितिका सदस्य ध्रुव उप्रेतीले जानकारी दिए । मेला व्यवस्थापनका लागि ७५ वटा संस्था र ५ हजार भन्दा बढी स्वंयसेवकले विहान ३ बजेदेखि काम गरिरहेका छन् ।
महाशिवरात्रीलाई व्यवस्थित गर्नका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर गरी ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रमा बिहान पर्यटनमन्त्री योगेश भट्टराई तथा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले अनुगमन गरेका थिए ।
यस्तै नेपाली सेनाको हेलिकप्टबारबाट पशुपति क्षेत्रमा पुष्पबृष्टि गरिएको थियो । नेपालबाहेक भारत, मलेसिया, इन्डोनेशियादेखि दर्शनार्थी आइपुगेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…