निरहुआ र आम्रपाली दुबे उपर जुत्ताचप्पल प्रहार !
कलाकारहरु उपर यस्तो प्रवृति देखाउनु मुर्खता भएको पनि टिकाटिप्पणी गरिएको छ ।

२०७६ फागुन ९ शुक्रबार, बिहान ११:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सुपरस्टार दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे मुख्य आकर्षण रहेको मौलापुरको कार्यक्रममा दर्शकहरुले जुत्ताचप्पल प्रहार गरे ।
गत मँगलबार रौतहटको मौलापुरमा आयोजना गरिएको मधानी महायज्ञको क्रममा साँस्कृतिक कार्यक्रम गर्न रौतहट आएका निरहुआ र आम्रपाली सहित भोजपुरी गायिकका ईन्दु सोनाली सहित अन्य कलाकारहरु उपर जुत्ताचप्पल फालिए ।
मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता वर्षिएपछि उनीहरु स्टेज छाडेर भाग्न बाध्य भए ।
साढे ९ बजे शुरु भएको कार्यक्रममा कलाकार दिनेशलाल निरहुआद्वारा परिचयात्मक गीतपछि मञ्चमा गैर कलाकारको अनावश्यक भिडलाई दर्शकहरुले हटाउन माग गरेपनि स्टेजबाट अन्य व्यक्तिहरुलाई नहटाएपछि कार्यक्रममा हल्ला मच्चिएको मच्चियो ।
तराई मधेशतर्फ भोजपुरी भाषाको लोकप्रियता सहित भोजपुरी स्टारहरुको आगमनले हजारौंको सँख्यामा दर्शकहरु जम्ने गरेको छ । सोही क्रममा दर्शकलाई मनोरञ्जन गराउन नेपाल आएका भारतीय कलाकारहरुलाई दर्शकहरुले सम्मान दिनुको साटो अपमानित गरेको देखियो ।
मञ्च व्यवस्थित नभएको र मञ्चमाथि फोटो खिच्न, सेल्फी लिन तथा अनावश्यक रुपले गैर कलाकारले पनि मञ्चमा नृत्य गर्न थालेको दर्शकको आरोप थियो। पतौरामा पुरातात्त्विक शिव मन्दिर भेटिएको खुशियालीमा मौलापुर नगरपालिकाको कार्यक्रम आयोजनामा गरेको थियो।
प्रत्यक्षदर्शीहरुका अनुसार निरहुआको लाईभ कन्सर्ट हेर्नको लागि हजारौंको सँख्यामा जम्मा भएका दर्शकहरुले मात्र निरहुआ, आम्रपाली दुबे, ईन्दु सोनाली, निखिल उप्रेति लगायतका दिग्गज कलाकारहरुलाई स्टेजमा हेर्न चाहन्थे तर, ती कलाकारहरुसँग अन्य दर्शकहरु गएर जथाभावी सेल्फी, फोटो खिच्न थालेपछि दर्शकहरु आक्रोसित भएका थिए ।
आक्रोसित दर्शकहरुले बारम्बार गैर कलाकारहरुलाई स्टेजमा जान नदिन आग्रह गरेपनि आयोजक समितिले चासो नदिएपछि दर्शकहरु झन आक्रोसित बनेका थिए । यद्यपी, ती कलाकारहरुलाई भने आयोजक समितिले स–सम्मान ग्रीन रुम तर्फ लग्न सफल भएको थियो ।
यस्ता कलाकारहरुलाई दर्शकहरुले गरेको व्यवहारप्रति समाजिक सञ्जालमा भत्सर्ना गरेको छ । अतिथि देवो भव तथा कलाकारको सम्मान गर्नुपर्ने भन्दै कलाकारहरु उपर यस्तो प्रवृति देखाउनु मुर्खता भएको पनि टिकाटिप्पणी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…