जेल हालिएका मधेशी योद्धाहरुलाई रिहा गर्नुपर्छ : मुख्यमन्त्री राउत
कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसन बाट झण्डोतोलन गर्नु भएको थियो ।

२०७६ फागुन ७ बुधबार, दिउँसो १२:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मुख्यमन्त्री मो. लालबाबू राउतले मधेश आन्दोलनको क्रममा झुठा मुद्धा लगाएर जेल हालिएका मधेशी योद्धाहरुलाई रिहा गर्नुपर्ने बताउनुभएको छ ।
७० औं प्रजातन्त्र दिवसको अवसरमा जनतालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले विभिन्न आन्दोलनको क्रममा लगाईका झुठा मुद्दाका कारण जेल जिवन यापन गरि रहेका योद्धाहरुको मुद्दा फिर्ता लिन संघीय सरकार संग आग्रह समेत गर्नु भयो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रजातन्त्र दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो खुडकिलो रहेको बताउनु भएको छ।
७० औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रजातन्त्र एवं संघीय लोकतान्त्रिक गणतन्त्रको लागि वलिदानी दिएका सयौ विर शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनको विर योद्धाहरु प्रति सम्मान समेत प्रकट गर्नु भयो् ।
लोकतन्त्रको उच्चतम विन्दु संघीय लोकतान्त्रिक गणतन्त्र आइ सकेको अवस्थामा विर शहीद एवं योद्धाहरुले देखेको समृद्धि र विकासको सपना पुरा गर्ने जिम्मा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको काँधमा आएको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले इमान्दारिताका साथ काम गर्नु आजको आवश्यका रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले प्रमुख अतिथिको आसन बाट झण्डोतोलन गर्नु भएको थियो । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव रामकृष्ण सुवेदी, जनकपुर उपमहानगरका उपप्रमुख रिता मिश्र सहितको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…