धार्मिक धरोहरहरु संरक्षण गर्न मधेश सरकार कुनै कसर बाँकी राख्दैन : मुख्यमन्त्री राउत
कार्यक्रमको उद्घाटन अघि राष्ट्रपति भण्डारीले पुरातात्वि शिव मन्दिर पुगेर विशेष पुजा अर्चना समेत गर्नु भएको थियो ।

२०७६ फागुन ६ मंगलबार, राति ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्रको विकृति विसंगति लाई अन्त गर्न प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ ।
रौतहटको मौलापुरमा आजबाट शुरु भएको मधानी महायज्ञको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले विकृति विसंगतिकै कारण प्रदेश मानव विकास सुचकांकमा पछि परेको हुँदा त्यसलाई अन्त्य गर्दै समृद्धिको बाटोमा अग्रसर हुन प्रदेश सरकारले कदमहरु अघि बढाई सकेको बताउनु भएको छ ।
मौलापुरका नगर प्रमुख रिना साहको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले प्रदेश सरकार विकृति विसंगतिको अन्त गर्दै समाजिक एकरुपताका लागि महिला, दलित र मुश्लिम वर्गको लागि विषेश कार्यक्रमहरु संचालन गरेको उल्लेख गर्नु भयो ।
उहाँले प्रदेश सरकारको यस कदममा राष्ट्रपति ज्यूको विशेष सहयोग रहेको धन्यवाद दिनु हुँदै प्रदेश सरकारले चालेको कदमहरु थप सहयोगको अपेक्षा समेत गर्नु भयो ।
मधानी महायज्ञको सहभागीताले नेपाल बहुराष्ट्रिय, बहु्साँस्कृति, बहुधार्मिक र बहुजातिय मुलुक रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले यसले विभिन्न जात जाति विचको एकता र सम्प्रदायिक सहिष्णुता झल्काएको बताउनु भयो ।
मौलापुरमा भेटिएको एतिहाँसिक पुरातात्विक महत्वको शिव मन्दिरले यस क्षेत्रको विगतको समद्धिलाई झल्काएको उल्लेख गर्नु हुँदै उहाँले यस्ता पुरातात्विक महत्वका धरोहरहरुको संरक्षण सम्बद्र्धनमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन अघि राष्ट्रपति भण्डारीले पुरातात्वि शिव मन्दिर पुगेर विशेष पुजा अर्चना समेत गर्नु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…