जनकपुरका 'बालक' हरु आफूलाई 'युवा नेता' ठान्छन्
मलाई लाग्छ यहाँ जनता भन्दा बढी नेता छन तर पनि देश विकास हुन नसक्नु यो लज्जास्पद कुरा हो ।
२०७६ फागुन ५ सोमबार, बिहान ९:२३ बजे२ मिनेट पढाइ

विश्वमा धेरै राजनीतिक पार्टी भएको मुलुकमध्ये नेपाल पनि एक देश हो । जनसंख्याको हिसावले तीन करोड रहेको नेपालमा राजानीतिक पार्टीको संख्या एक सय भन्दा बढी रहेको छ ।
राजनीतिक पार्टीको संख्या हेर्ने हो भने नेपालमा नेता उत्पादन गर्ने उद्योग भन्दा फरक नपर्ला । तर यति धेरै नेता भएको नेपालको विकास भने शुन्य छ । जलस्रोतको दोस्रो धनी देश, विश्वको अग्लो शिखर सगरमाथा, गौतम बुद्धको जन्मभूमीको रुपमा विश्वमान चित्रमा सानो भएपनि हिमाल, पहाड र तराईको भौगोलिक विविधताले विशाल र सम्पन्न छ ।
पर्यटन, कृषि, जडिबुटि हाम्रो देश विकासको लागि महत्वपूर्ण छन् । तर त्यसको उपयोग गरेर देशको विकासको लागि उचित प्रयोग गर्न सकेका छैनौं । प्राकृतिक स्रोत र साधनको हामीले सहि सदुपयोग गर्न नसक्दा ति अमुल्य वस्तुहरुको खेर गइरहेका छन् ।
आज हामीसँग जतिमात्रामा प्राकृतिक स्रोतहरुका खानी त्यसै सुकेको खण्डमा केवल इतिहासको रुपमा मात्र रहने छ । जति पनि छन् आज उपयोग गरेर त्यसको विकास गर्ने होभने देशलाई आर्थिक सम्बृद्धिको बाटोमा अगाडी बढाउन सकिन्छ ।
जनपुरककै कुरा गर्ने हो भने यहाँ हजारो अभियानी छ तर सुधार केही छैन नामकको अगाडि युवा नेता जोडछ तर काम केही गरेको हुदैन । नामले के हुन्छ र कामले असार पार्छ । यहाँका धेरै जसो युवाहरु पैसामा बिक्ने गर्छ लोभको कारण देशलाई पछाडि छाडिरहेको छ ।
आउ सबै जना आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं र देशलाई विकासक्को सिखर सम्म लगौ । यदि हामी यस्तै मौन बस्यो भने आउने पिडिलाई धेरै समस्याको सामना गर्नु पर्छ । आफ्नो सानलाई बचाउनु छ भने एक जुट भएर काम गर्नै पर्छ । यहाँ यस्ता धेरै व्यक्ति छन जसको नाम मात्र ठुलो छ तर काम केही गरेको छैन ।
मलाई लाग्छ यहाँ जनता भन्दा बढी नेता छन तर पनि देश विकास हुन नसक्नु यो लज्जास्पद कुरा हो । एक दिन कसैको सेवा गरेर कोइ समाजसेवि हुदैन कुनै कामलाई निरंतरता दिदा मात्र त्यो असल मानिस हुन्छ ।
हाम्रो देशमा नेता बन्नलाई केही छैन १० गुण्डा पालेर भाषण दियो त्यो मान्छे यहाँ राजनीति गर्छ । कुरा यति मात्र छैन यहाँका जनताहरु त्यस्ता नेतालाई नै रोजेको छ । जसलाई देश र समाजको पर्वा हुदैन खाली आफ्नो खुशीको लागि काम गर्ने गर्छ ।
यहाँका जनता पनि पैसाको लोभमा आएर कोहि आवाज उठाउदैन। दिन प्रती दिन घटनाहरु घटदै जान्छ् । यहाँ हजारौं सरसफाइ अभियानि छन तर पनि सफा देखेको छैन । काम चाहिँ न गर्ने तर आफुलाई अभियन्ता ठान्ने व्यक्तिलाई बहिष्कार गरौ । आउ अब सबै मिलि निस्वार्थ भएर देशको लागि काम गरौ ।
राकेश यादव
सर्वसाधारण, युवा
जनकपुरधाम
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राकेश यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…