विद्युत प्राधिकरणमा भारी सँख्यामा जागिर खुल्यो, SLC पासले पनि भर्न सक्ने
यी पदहरुको लागि खुल्ला, मधेशी, आदिवासी जनजाती, दलित कोटामा समेत सिट आरक्षीत गरिएको हो ।

२०७६ फागुन ४ आइतबार, दिउँसो १२:४४ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले भारी सँख्यामा कर्मचारी माग गरेको छ । विभिन्न तह र पदको लागि प्राधिकरणले एक सूचना विज्ञापन प्रकाशित गरी ठुलो सँख्यामा कर्मचारी माग गरेको हो ।
गोरखापत्रमा गत शुक्रबार अर्थात मिति २०७६/११/०२ गतेमा प्रकाशित सूचना विज्ञापनमा विभिन्न तहको लागि माग गरिएको कर्मचारी पदको लागि एसएलसी पास गरेका नेपाली नागरिकले समेत फाराम भर्न पाउने भएको छ । सो लागि न्यून्तम योग्यता भने एसएसली पास माग गरेको हो ।
विज्ञापनमा अधिकृत स्तरको लागि मात्र ४२ जना सिटको लागि विज्ञापन प्रकाशित गरिएको हो । अधिकृत स्तरमै पनि सह–निर्देशक को १० औं तहको लागि प्रशासन सेवामा १ जना महिला माग गरिएको हो । त्यस्तै, प्रबन्धकको लागि पनि १० औं तहको प्राविधिक तर्फ आदिवासी जनजाती कोटामा माग गरिएको हो ।

विज्ञापन नं. २०७६/७७ प्र. १०/१ मा १० औं तहको यी २ पदको लागि योग्यता भने स्नातकोत्तर उतीर्ण वा अधिकृत स्तरमा ७ वर्षका अनुभव माग गरिएको हो । यस्तै प्रबन्धक तर्फ ईलेक्ट्रीकल वा ईलेक्ट्रीकल ईन्जिनीयरिँगमा स्नातकोत्तर उतीर्ण वा नेपाल सरकार वा संगठनि सँस्थाको अधिकृत स्तर पदमा ७ वर्षको कार्यअनुभव माग गरेको हो ।
विज्ञापन नं. २०७६/७७ प्र. १०/३ मा ९ औं तहको लागि उपनिर्देशक पदमा प्रशासन सेवा तर्फ लेखाको लागि खुल्लामा १ जना माग गरिएको हो । त्यसको लागि वाणिज्य शास्त्र (कमर्स) मा वा व्यापार (विजनेस) मा स्नातकोत्तर उतीर्ण योग्यता माग गरिएको छ । यसमा पनि ७ वर्षको कार्यअनुभव माग गरिएको हो ।

यस्तै, ९ वौ तहकै लागि उपप्रबन्धक पदको लागि मधेशी कोटामा १ जना माग गरिएको हो । मधेशी कोटाको लागि ईलेक्ट्रीकल पढेको वा सम्बन्धित विषयमा स्नातकोत्तर उतीर्ण तथा नेपाल सरकार वा सम्बन्धित सँस्थामा कम्तीमा ५ वर्षको कार्यअनुभव माग गरिएको हो ।





















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…