सबैलाका मेयर भिजनलेस छ : सीपी यादव
कांग्रेस नेता प्रेम किशोर साह जि संसद भएको बेला के कति बिकास भएको छ सबै जनतालाई राम्रो संग थाहा छ ।

२०७६ फागुन ४ आइतबार, बिहान १०:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित युवा सीपी यादवले धनुषा सबैला नगरपालिकाका मेयर भिजनलेस भएको बताएका छन् ।
सबैलाका मेयर विजय शंकर साह भिजनलेस भएकै कारण सबैला नगरपालिकाको विकास अवस्था दयनीय भएको जीकिर गरेका छन् । उनले मेयर साहलाई समाजिक सञ्जाल मार्फत मेयर साहलाई विकासको लागि भिजनको आवश्यकता औल्याउँदै मात्र बहुमतले केही पनि नहुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन् : - “बिकास गर्न भिजन चाहिन्छ बहुमत होइन । तपाईं मलाई के च्यालेन्ज गर्नु हुन्छ ? तपाईमा दम छ भने जनताले दिएको च्यालेन्ज पूरा गर्नु पहिला अनी केहि भन्दा सुहाउछ । म तपाईंलाई च्यालेन्ज गरेर भन्छु, सबैला नगर पालिकामा नेकपा जिल्ला अध्यक्ष राज किशोर यादव ज्युले चुनावको बेला जनता संग गरेर वाचाहरु म जनतामा देखिने गरि बिकास गरेर देखाउछु । यो कुरा लेखेर राख्नु होला मेयर साहब ।”
अगाडी उनले स्थानीय तहमा आफ्नो बहुमत भएको ढोल पिटनुभन्दा विकासतर्फ अग्रसर हुँदा उचीत हुने उल्लेख गरेका छन् । उनले बहुमतकै सन्दर्भमा काङ्ग्रेसको बहुमत भएको नगर पालिकामा के कति बिकास भएको छ भनेर हेर्न चुनौति समेत दिएका छन् ।
“यदि नेकपाको बहुमत भएको नगर पालिकामा के कति बिकास भएको छ त्यो कुरा शहीदनगर पालिकाको युवा नेता मेयर उदय बरबरिया जि संग सिक्नु र हेर्नू होला । तपाईं जति अरुलाई चुनौति दिदा र नेकपाले बिकास गर्न दिएन भनेर ढोल बजाउँदा त्यहाँका स्थानीय जनता कांग्रेस नेता प्रेम किशोर साह जि संसद भएको बेला के कति बिकास भएको छ सबै जनतालाई राम्रो संग थाहा छ ।”– उनले लेखेका छन् ।
यादवले स्थानीय तहको अधिकारबारे सबैलाई थाहा भएको उल्लेख गर्दै धेरै विकास भएको भनेर दाबी गर्दा नगरभित्रको सडकको अवस्थाले प्रष्ट पारेको बताएका छन् । उनले एउटा मेयरमा हुनुपर्ने भिजन मात्र सडक निर्माण नभएर नगरभित्रको शिक्षा, स्वास्थ्य, सिँचाई पर्यटकीय स्थल लगायतमा विकास गरी जनतलाई विकासको अनूभूति गराउन चुनौति दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…