आज 'मेरी गर्ल फ्रेन्ड' सार्वजनिक हुदै
भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिँदै छ ।

२०७६ फागुन २ शुक्रबार, बिहान ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका चर्चित गायक रञ्जित शर्माको नेपाली म्युजिक भिडियो भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ । सन् २०२० को भेलेन्टाइन अर्थात प्रेम दिवसको अवसर पारेर उक्त भिडियो दर्शक माझ सार्वजनिक गर्न लागेको हो ।
दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ ।लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् ।
मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको मेरी गर्ल फ्रेन्डले नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माको भनाइ छ । 'आजसम्म बजारमा ल्याइएको अरू म्युजिक भिडियो भन्दा फरक र दर्शकलाई मनोरञ्जन दिन सक्छन्', गायक शर्मा भन्छन् | वास्तविक र तथ्यपरक रहेकोले यो गीत दर्शकदीर्घाको विश्वास जित्नेमा आफू विश्वस्त रहेको बताउँछन् ।
उनी भन्छन्, 'टिम सहयोगी र मेहनती पाएँ, त्यसैले यो गीत बजारमा ल्याउने प्रयास गरेको हुँ ।' कलाकार रामहृदय यादव तथा गजेन्द्र गज्जुको शब्द, रामरेस कापरको संगीत रहेको यस गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् ।
रवीन ठाकुर तथा लाजिना सुवेदीको अभिनय, राजिप तथा राजुको छायांकन, कयामुद्दिनको सम्पादन रहेको उक्त भिडियो दिनेश ठाकुरले निर्देशन गरेका छन् । भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिँदै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…