देशको आमूल परिवर्तनमा 'जनयुद्ध' सबभन्दा ठुलो वरदान : नेता बरबरिया
शहिदनगर नगरपालिकाले एक दिने सार्वजनिक विदा सहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

२०७६ फागुन १ बिहीबार, बेलुकी ७:४८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) ले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको बताउनुभएको छ ।
आज (विहिबार) नेकपाका भातृ सँगठन राष्ट्रिय युवा सँघ नेपालले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेता बरबरियाले देशमा जनता राज ल्याउनमा महान जनयुद्धको २५ औं उपहार रहेको बताउनुभयो । उहाँले जनयुद्धको उपलब्धी सँस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको बताउनुभयो ।
नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसँख्यक, गरिब, विपन्नहरुको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताउनुभयो । जनयुद्धबाट आएको परिवर्तनकै कारण आज नेपालमा जनताको शासन भएको बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य रहनुभएका नेता बरबरियाले २५ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै उहाँले जनयुद्धको वरदानलाई सँस्थागत गरिराख्नुपर्ने आवश्यता औल्याउनुभयो ।
युवा संघका धनुषा जिल्ला अध्यक्ष सरोज यादवको अध्यक्षता तथा युवा संघका अनिल पासवानको प्रमुख आतिथ्यमा जनकपुरको जनकचोकमा आयोजना गरिएको सो कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य रत्नेश्वर लाल गोईत, केन्द्रीय सदस्य महादेव यादव, जिल्ला सचिव दीपक यादव ,लक्ष्मी नारायण भगत राम उदगार यादव , दिनेश सिंह , दीपक पटेल , दिप नारायण साह , मुकेश गोईत , उदय यादव , नबीन झा लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै युवा संघका अनिल पासवानले जनयुद्धबाट आएको परिर्वतनालाई जनताले आत्मसात गर्दा संघीयता आएको बताउनुभयो । उहाँले जनयुद्धकै उपहारले देशमा शान्ती छाएको बताउनुभयो । देशमा जनयुद्धकै माध्यमबाट आज जनताले संघीयता देख्न पाएको उहाँले बताउनुभयो ।
सोही क्रममा २५ औं जनयुद्ध दिवसको अवसर पारेर शहिदको इतिहास बोकेको धनुषाको शहिदनगर नगरपालिकाले एक दिने सार्वजनिक विदा सहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । नेकपाको शहिदनर नगर समिति कार्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले शहिदको गुनगान गरेका थिए ।

नेकपाका सुरेश कापरको प्रमुख आतिथ्य, नगर ऊप प्रमुख शिला देबी कापरको विशिष्ट आतिथ्यमा सम्पन्न गरिएको श्रद्धाञ्जली सभामा नेता तथा कार्यकर्ताहरुले स्थानीय तह र शहिदनगर नगरपालिका पनि जनयुद्धकै उपहार भएको बताएका थिए ।
श्रद्धाञ्जली सभामा वडा अध्यक्ष तनुक लाल यादब, राम ऐकबाल मण्डल, हलखोरि कापरको विशेष सहयोग सहित राम कुमार यादब, सदरे आलम , कुसेसवर पासमान , राम कुमार महतो, मिथलेश मण्डल, मनोज मण्डल, रुपेश बिराजीले व्यवस्थापन गरेको थियो ।
२५ औं जनयुद्ध दिवसको अवसरमा शहिदनगर नगरपालिकाको सबै चोकहरुमा जनयुद्धकालमा ज्यान गुमाएका शहिदहरुप्रति नमन गर्दै दीप प्रज्वलन गरिएको हो । शहिदनगरको भठ्ठी चोक, स्कूलचोक, हनुमानचोक, नाथपट्टीचोक, डुमरियाचोक लगायतका अन्य चोकहरुमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
जनयुद्ध दिवस : सहिदको सम्झनामा दिप प्रज्वलन
२५ औ जनयुद्ध दिवसको अवसरमा सहिदको सम्झनामा रामस्वरुप रामसागर बहुमुखि क्यामसमा दिप प्रज्वलन गरिएको छ ।
दश वर्षसम्म माओवादीले सशस्त्र जनआन्दोलन गरेको आज २४ वर्ष पुगेको भन्दै अनेरास्ववियू क्रान्तिकारी निकटका विद्यार्थिहरुले रामस्वरुप रामसागर बहुमुखि क्यामसमा दिप प्रज्वलन गरेको हो ।

२०५२ फागुन १ गतेबाट तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भूमिगत रुपमा सशस्त्र जनआन्दोलन चलाएको र त्यस आन्दोलनमा सहिद भएकाहरुको सम्झनामा दिपप्रज्वलन गरिएको विद्यार्थि नेता आन्नद झाले बताए ।
झाले जनयुद्ध भएकै कारण आज जनताद्वारा शासित धर्म निरिपेक्ष राष्ट्र बनेको छ देश । राजनीतिक परिवर्तनमार्फत समतामुलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दश वर्षे जनयुद्ध र दोश्रो जनआन्दोलन पछि प्राप्त भएको बताए ।
दश वर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकोमात्र होईन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अनत्य गरेकोले हामी जनयुद्ध दिवस मनाएको विद्यार्थि नेता आनन्द झाले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…