'लक्ष्यप्रति अटल भएर अगाडि बढ्नुहोस्, सफलता कसैले रोक्न सक्दैन'
शिक्षाको लागि महंगो स्कुल र ठूलै सहर नभई स्थानीय स्तरको विद्यालयमा समेत ध्यान दिएर पढे राम्रो मान्छे बन्ने सकिने बताए ।

२०७६ माघ २९ बुधबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको महेन्द्रनगरमा निष्ट कजेल काठमाडौंद्धारा मोटिभेसन कार्यक्रम गरिएको छ ।
महेन्द्रनगरका विभिन्न निजी विद्यालयका मावि स्तरका विद्यार्थीहरुलाई सहभागी गराएर निष्टले मोटिभेसन कार्यक्रम गरेको हो । विद्यार्थीहरुको चारित्रिक तथा व्यक्तित्व विकासको उद्देश्य गरिएको मोटिभेसन कार्यक्रममा विद्यार्थीहरु माझ विभिन्न खालका प्रेरणादायी प्रस्तुति दिइएको छ ।
कार्यक्रममा सहभागीहरुलाई प्रसिद्ध मोटिभेटर निराजन मौदगल्यले विश्वका विभिन्न सफल व्यक्तिहरुको उदाहरण दिँदै कसरी सफल भइन्छ भन्नेबारे मोटिभेट गरे । मान्छे आफ्नो भविष्य निर्माता स्वयं भएकाले दृढतापूर्वक लक्ष्यप्रति केन्द्रित भएर अगाडि बढे सफलता कसैले रोक्न नसक्ने उनले संदेश दिए ।
आयोजक निष्टका प्रतिनिधिले हालका अधिकांश शैक्षिक संस्थाहरु विद्यार्थीहरुको भविष्यमाथि केन्द्रित नभई व्यापार तर्फ बढी ध्यान दिएकोप्रति दुःख व्यक्त गरे । उनले शिक्षामा विचौलिया हावी बढ्दै गएको भन्दै विद्यार्थीलाई सचेत हुन र गुणस्तर शिक्षा दिने विद्यालय रोजेर ध्यान दिएर पढ्न आग्रह गरे ।
यस्तै, जिल्ला व्याबसन धुनषाका अध्यक्ष गणेश साहले अचेलका विद्यार्थीहरुमा आफ्नो कामभन्दा अन्तैतिर बढी ध्यान केन्द्रितको समस्या देखिएकाले यसप्रति विद्यार्थीहरु सचेत र गम्भीर हुनुपर्ने धारणा राखे । उनले आफ्नो लक्ष्यप्रति अटल भएर अगाडि बढेमात्र भविष्य एक सफल नागरिक बन्नसक्ने तर्क गरे ।
शिक्षाको लागि महंगो स्कुल र ठूलै सहर नभई स्थानीय स्तरको विद्यालयमा समेत ध्यान दिएर पढे राम्रो मान्छे बन्ने सकिने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…