मधेश सरकारले निकाल्यो ठुलो सँख्यामा जागिर, तलब कति ?
प्रकाशित सूचना अनुसार फागुन १३ गतेभित्र ईच्छुक उम्मेदवारहरुलाई फारम भर्न अनुरोध गरिएको छ ।

२०७६ माघ २९ बुधबार, बिहान ११:२१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले ठुलो सँख्यामा कर्मचारी माग गरेको छ ।
प्रदेश सरकार अन्तर्गतको समाजिक विकास मन्त्रालयले ठुलो सँख्यामा कर्मचारी माग गरेको हो । प्रदेश सरकारको स्वास्थय सुद्धिढिकरण र बेटी पढाउ, बेटी बचाउ अभियान कार्यक्रमलाई सहयोग पुरयाउने उदेश्यले ८० जना कर्मचारी माग गरेको हो ।
प्रदेश सरकारले करारमा सेवा लिने सम्बन्धी सूचना प्रकाशित गरी प्रदेशभरिबाट ८ वटै जिल्लामा प्रत्येक जिल्लाको १०/१० वटा गरी जम्मा ८० वटा समुदायिक विद्यालयहरुमा रहने गरी कर्मचारी माग गरेको हो ।
त्यसको लागि विद्यालयहरुमा स्टार्फ नर्स र अनमी परिचालन कार्यक्रम अन्तर्गत सो बमोजिमको कर्मचारी माग गरिएको हो । माघ २८ गते प्रकाशित सूचना अनुसार फागुन १३ गतेभित्र ईच्छुक उम्मेदवारहरुलाई फारम भर्न अनुरोध गरिएको छ ।

प्रदेश भरिको लागि ८० जना स्टाफ नर्स र अनमीको आवश्कयता उल्लेख गरिएको हो । त्यसको लागि नेपाली नागरिक हुनुपर्ने तथा न्यून्तम योग्यता नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण सँस्थानबाट स्टाफ नर्स वा अ.न.मि. उतीर्ण गरेको हुनुपर्ने भनेर उल्लेख गरिएको छ ।
यस्तै, उमेर हदको हकमा १८ वर्ष पुरा भएको हुनुपर्ने तथा ४५ वर्ष नाघेको नहुनुपर्ने, नेपाल नर्सिङग काउन्सिलमा दर्ता भएको प्रमाणपत्र, सम्बन्धित क्षेत्रमा अनुभव भएको र स्थानीयलाई प्राथमिकता दिइने भनेर उल्लेख छ ।
फाराम भर्ने उम्मेदवारले उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, कार्य अनुभवको प्रतिलिपी, प्रचलित कानुन बमोजिम काउन्सिलमा दर्ता भएको प्रमाणित प्रमाणपत्र र फोटोकापीको पछाडी आफ्नो हस्ताक्षर भएको हुनुपर्ने भनेर उल्लेख गरिएको छ ।
दरखास्त (फारम) को लागि शिक्षा विकास निर्देशनालय जनकपुरको पिडारीचोक स्थित रहेको कार्यालय वा निर्देशनालयको वेभसाई www.edd.p2.gov.np बाट समेत डाउनलोड गर्न सकिने जनाइएको छ । उम्मेदवारहरुको छनौट भने शैक्षिक योग्यता, प्रदेशवासी, अनुभव र अन्तरवार्ताको आधारमा गरिने जनाइएको छ ।
तलबको सन्दर्भमा प्रदेश सरकारले प्रचलित कानुन बमोजिम उल्लेख गर्दै फाराम भरिसकेपछि पुनः सूचना प्रकाशित गरेर उम्मेदवारहरुमा जानकारी गराइने उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…