सिरहामा एकाविहानै युवकको लास !
मण्डलको शव भने पानी ट्यान्की निर्माण भइरहेको नजिक रहेको सानो खाल्टोमा फेला परेको हो ।

२०७६ माघ २९ बुधबार, बिहान ९:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकाविहानै एक युवकको लास (शव) फेला परेको छ ।
सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित एक खाल्डोमा मृत अवस्थामा एक युवक फेला परेको । खाल्डोको पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ती शव पुरन मण्डल भन्ने व्यक्तिको रहेको छ । “अन्दाजी बर्ष ३०/३५ को पुरन मण्डल भन्ने नाम खुलेको छ , बाँकी अहिले केही खुलेको छैन । हामी भर्खरै घटनास्थलमा आईपुगेका छौं ।”– डिसपीले भन्नुभयो ।
मण्डलको शव भने पानी ट्यान्की निर्माण भइरहेको नजिक रहेको सानो खाल्टोमा फेला परेको हो । मण्डल त्यहाँ स्थित निर्माण भइरहेको पानी टँयाकीमा कार्यरत थिए । यसबारे थप अनुसन्धान भईरहेको तथा विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…