नेपाल प्रहरीको नयाँ आइजीपीमा ठाकुर नियुक्त
न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नया

२०७६ माघ २८ मंगलबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त भएका छन् ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएको थियो । बरियताक्रममा लम्साल दोस्रोमा थिए भने उपाध्याय तेस्रोमा थिए ।
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका हुन् ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…