नेविसंघ चुनाव चाहन्छ, अनेरास्ववियु बहाना
उता फागुन १४ गते चुनाव गर्ने घोषणा भएपनि विश्वविद्यालय कहिलेपनि गम्भीर देखिएनन् ।
२०७६ माघ २८ मंगलबार, बेलुकी ६:४४ बजे२ मिनेट पढाइ

त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने समस्याबाट गुज्रिँदै आएर ११ वर्षपछि फेरि यसपालि १४ फागुनमा त्रिविले निर्वाचनको तयारी गरेको थियो । सोही अनुसार माघ १४ गते एकमहिना अगावै चुनाव हुने मिति सार्वजनिक गरेको थियो ।
नेपाल विद्यार्थी संघका स्ववियु पक्षधर विद्यार्थीको टोलीले स्ववियु निर्वाचनको प्रमुख निर्वाचन आयुक्तका रुपमा रहने रेक्टर तत्काल नियुक्त गर्न उपकुलपतिको ध्यानाकर्षण पनि गराएक थिए ।
उपकुलपतिकै कार्यकक्षममै पुगेर उनीहरुले ज्ञापनपत्र हस्तान्तरण गर्दै रेक्टर नियुक्ति र स्ववियुको कार्यतालिका तत्काल घोषणा गर्न माग गर्यो। तर निमित्त रेक्टरकै भरमा स्ववियु निर्वाचन घोषणा गर्नु विद्यार्थीलाई झुक्याउने र स्ववियु निर्वाचन नगराउने खेल त्रिवीले नै गरेको छ। उता फागुन १४ गते चुनाव गर्ने घोषणा भएपनि विश्वविद्यालय कहिलेपनि गम्भीर देखिएनन् ।
स्ववियु निर्वाचनको प्रमुख आयुक्त रहने शिक्षाध्यक्ष तथा रेक्टर पद रिक्त राखेर निमित्त रेक्टरको भरमा चुनावको तयारी गरिएको किन गरिए । प्रश्न यहाँ पनि छ।अहिलेसम्म पनि निमित्त रेक्टरको ठाउँमा रेक्टर नियुक्ति सत्तारुढ दलले नियुक्ति गर्न सकेको छैन । तरपनि ओली सरकारकै पार्टीको भातृ संस्था अनेरास्ववियुले त्रिविमा रेक्टर नियुक्त गर्न आफ्नो दलभित्र दबाब नदिई उल्टै नेविसंघ माथि गलत आरोप लगाएको उपर हामी आपत्ति जनाउदछौ।
नेविसंघ एवं स्ववियुको नङ र मासुको सम्बन्ध जस्तै छ। चुनावमा हारजीत हुन्छन् नै। चुनावमा कुनै संगठन हार्छ या जित्छ तर चुनाव नै नभए हार र जीत हुनै ठाउँ पनि रहदैन नि। त्यसैले नेविसंघ माथि अनेरास्ववियुले लगाएको आरोप पुरै गलत हो। जुन संगठनकै नेतृत्वमा स्ववियुको स्थापना भयो आज त्यही संगठन कसरी चुनाव बाट बाहिरन सक्छ । चुनाव नगाराउने खेलमा अहिलेकै सत्तामा बसेका सरकार एवं त्रिवि स्वयं हो।
लोकतान्त्रिक प्रक्रियाको चुनावमा हारजित एउटा छुटै विषय हो तर गाउँ,समाज र देश निर्माण गर्ने निश्चित एउटा सकारात्मक सोच बोक्ने परिवर्तनकारी लक्ष्य निर्माण गर्ने विद्यार्थी राजनीति बाट शिक्षित समाज को परिकल्पना गर्ने ठाउँ विद्यार्थी राजनीतिको नर्सरी भनी चिनिने स्ववियु निर्वाचन नहुनु लोकतन्त्र र हाल को राजनीति माथि प्रश्न उठेको छ ?
देशमा रहेको हरेक निकायको चुनाव हुनु तर विश्वविद्यालय र क्याम्पसमा विद्यार्थी हकहित एवं आमूल शैक्षिक परिवर्तनको निम्ति आवाज उठाउने एउटै थलो स्ववियु चुनाव मात्र रोकिनु गम्भीर प्रश्न र सोचनिय विषय हो ।
स्ववियुको सुनिश्चितताका लागि विश्वविद्यालयले तत्काल सक्षम व्यक्तिलाई रेक्टर नियुक्त गरि स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरियोस् ।हामी नेविसंघ चुनावमा भाग लिन आतुर भएका छौं ।
आशुतोष झा (नवीन)
राजनीतिशास्त्रमा अध्ययनरत एवं नेविसंघ नेता प्रदेश २
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…