नेपालमा कोरोना भाइरसको त्रास , सप्तरी प्रशासन अलर्ट !
न्यूज ब्यूरो, सप्तरी । कोरोना भाइरसका कारण यतिबेला विश्व नै आतंकित बनेको छ । यस भाइरसबाट बच्न अहिले विश्वका सबै देशहरुले आफ्नो अनुसारको तयारी थालेको छ । विश्वका देशहरु मात्र नभई हाम्रै देशका विभिन्न जिल्लाले पनि विभिन्न उपाय अबलम्बन गरेको छ । पछिल्लो समयमा सप्तरी जिल्लाले पनि कोरोना भाइरसका संक्रमण

२०७६ माघ २६ आइतबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । कोरोना भाइरसका कारण यतिबेला विश्व नै आतंकित बनेको छ ।
यस भाइरसबाट बच्न अहिले विश्वका सबै देशहरुले आफ्नो अनुसारको तयारी थालेको छ । विश्वका देशहरु मात्र नभई हाम्रै देशका विभिन्न जिल्लाले पनि विभिन्न उपाय अबलम्बन गरेको छ ।
पछिल्लो समयमा सप्तरी जिल्लाले पनि कोरोना भाइरसका संक्रमण फेला नपरोस् भन्ने उद्देश्यले जिल्लाको दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरी बाहिरबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचलाई तिब्रता दिएको छ । भारतीय सिमा नाकासँग जोडिएको दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
भारततर्फ आउने व्यक्ति र पर्यटकको स्वास्थ्य अवस्था जाँच गरेर मात्रै जिल्ला छिर्न दिने नीतिलाई सप्तरी जिल्लामा कडाईका साथ प्रस्तुत गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि शनिबार तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ स्थित तिलाठी भन्सार चोक र बिष्णुपुर गाउँपालिकास्थित राजविराज बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ ।
यो दुबै हेल्थ डेस्क मार्फत् भारतबाट आउने व्यक्तिको स्वास्थ्य जाँच गरिने तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए । सप्तरी सदरमुकाम राजविराज हुँदै भारतीय नाका छिर्ने प्रमुख मार्ग हो । यो नाकाबाट दैनिक ५ सय भन्दा बढी व्यक्तिको आवतजावत हुन्छ ।
भारतबाट नेपाल छिर्ने व्यक्तिको संख्या पनि बढी हुने भएकाले कोरोना भाइरसबाट प्रभावित हु्नेको यकिन गर्न स्वासथ्य जाँच गरिने गरी हेल्थ डेस्क स्थापना गरिएको छ । भरतबाट सप्तरी नेपालतर्फ छिर्ने व्यक्तिको स्वास्थ्य परीक्षण गरेमा कोरोना भाइरस संक्रमणको अवस्थामा कमी आउने विश्वास गरिएको छ ।
स्वास्थ्य जाँच गर्दा कुनै व्यक्तिमा कोरोना भाइरस देखापरेमा तत्कालै गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल पठाउने तयारी गरिएको छ । अस्पतालमा यसका निम्ति सबै व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…