धुर्मुस सुन्तली फाउन्डेसन सिरहामा पनि बाँडे कम्बल
बिनय यादव, सिरहा, २८ पौष । देशमा सरकार मौन रहेको बेला धुर्मुस सुन्तली फाउन्डेसनले मधेशसहित देशलाई न्यानो पार्दै हिडिरहेका छन् । हाल तराई र मधेशमा जाडोसँगै शीतलहरले करिब ५ दर्जन भन्दाबढीको ज्यान लिसकेको छ । सोही जाडो र शीतलहरलाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले न्यानो पार्ने काम गरिरहेको छ ।

२०७४ पुस २८ शुक्रबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २८ पौष । देशमा सरकार मौन रहेको बेला धुर्मुस सुन्तली फाउन्डेसनले मधेशसहित देशलाई न्यानो पार्दै हिडिरहेका छन् ।
हाल तराई र मधेशमा जाडोसँगै शीतलहरले करिब ५ दर्जन भन्दाबढीको ज्यान लिसकेको छ । सोही जाडो र शीतलहरलाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले न्यानो पार्ने काम गरिरहेको छ ।
जाडोबाट बच्न तराई मधेशमा रहेका गरिब, दलित एवं विपन्न घरपरिवारहरुलाई न्यानो कपडा वितरण अभियानमा लागेका धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सीताराम कट्टेलले आज ९शुक्रबार० सिरहाका दुईसय घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।

शीतलहर पीडित सिरहाको धनगढीमाई नपा १३, भर्लेनीका एक सय २५ परिवार सदाय ९मुसहर० तथा दलित परिवार र गोलबजार नपा १० धोवीयाधारका ६० परिवार सदायहरुलाई सीताराम कट्टेल ‘धुर्मुस’ ले कम्बल वितरण गरेका हुन् ।
लुगाफाटोको अभावमा जाडो छल्न मुस्किल भएको बेला न्यानो बल्यांकेट पाएपछि दलित एवं विपन्न परिवारहरु खुसी भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…