सिरहामा १२ किलो गाँजासहित २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले १२ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय राजिन महरा छन् । शुक्रबार दिउँसो १ बजेको समयमा अर्नामा गाउँपालिका–१ ईस्लामपुर स्थित जिल्ला प्रहरी कार

२०७६ माघ २४ शुक्रबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले १२ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय राजिन महरा छन् ।
शुक्रबार दिउँसो १ बजेको समयमा अर्नामा गाउँपालिका–१ ईस्लामपुर स्थित जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बलको सयुंक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका सकिल र महरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…