राजपालाई ओलीको शर्त : 'प्रदेश २ मा सरकार फेरे उपसभामुख दिन्छौं'
स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए ।

२०७६ माघ २४ शुक्रबार, दिउँसो २:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टी नेपालसँग उपसभामुख पद लिने भए प्रदेश २ सरकारको समीकरण फेर्नुपर्ने सर्त राखेको छ ।
राजपाका नेताहरूका अनुसार सत्तारुढ दलका नेताहरू राजपालाई उपसभामुख पद दिन तयार छन्, तर यसका लागि प्याकेजमा सहमति गर्नुपर्ने सत्तारुढ दलका नेताहरूको भनाइ छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेता महन्थ ठाकुरबीच कुराकानी भएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार कुराकानीमा प्रधानमन्त्रीले ठाकुरलाई प्याकेजमा सहमति गर्न प्रस्ताव गरेका थिए । तर यस विषयमा ठाकुरले स्पष्ट जवाफ दिएनन् । स्रोतका अनुसार प्रधानमन्त्रीले उपसभामुख पदसँगै प्रदेश २ सरकारको समीकरण फेर्न ठाकुरलाई प्रस्ताव गरेका थिए ।
उपसभामुखका लागि प्रधानमन्त्रीका थप सर्तहरूमा राजपा संघीय सरकारमा आउनुपर्ने, त्यसपछि मात्र संवैधानिक आयोग र राजदूतहरूमा सहमति गर्न सकिने रहेका छन् । यस विषयमा ठाकुरसँग जिज्ञासा राख्दा प्रस्ट जवाफ दिएनन् ।
अहिले आफू बैठकमा व्यस्त रहेको भन्दै बैठकपछि यसबारेमा जवाफ दिने जवाफ दिएको श्रोतले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…