.jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा जगत जननी माता सीताको विश्वकै सबभन्दा ठुलो मुर्ति (स्टेचू) बनाउने अवधारणा उपर गृहकार्य सुरु भएको छ ।
माता सीताकी नगरी भनेर विश्वप्रसिद्ध रहेको जनकपुरमै माता सीताकी विश्वको सबभन्दा अग्लो मूर्ति बनाउने उदेश्य सहित गृहकार्य थालिएको हो । त्यसको लागि विभिन्न निकाय तथा सरोकारबालाहरुसँग भेटघाट सहित छलफल तीव्र पारिएको छ ।
यो अवधारणा जनकपुरधाम उपमहनगरपालिका–४ घर भई हाल अमेरिकामा बस्दै आएकी काजल कर्णले ल्याएकी छन् । जनकपुरको बाह्रविघा रंगभुमी मैदान मा माता सीताको विश्वकै सबभन्दा ठुलो मूर्ति बनाउने अवाधारणालाई उजागर गरेकी हुन् ।
सो क्रममा विहिबार कर्णले प्रदेश नं. २ का सरकारले समेत विश्वको सबभन्दा ठुलो मूर्ति बनाउने हेतु राजी जनाएका छन् । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतसँग कुराकानी गर्दै कर्णले नारी सम्मान, छोरीको सम्मानको लागि पनि जनकपुरधाममा माता सीताको सबभन्दा ठुलो प्रतिमा बनाउनु आफैंमा सराहनीय भएको बताइएको छ ।
मिथिला डिबा पेजबाट लाईभ आउँदै कर्ण सहित मुख्यमन्त्री राउतले आफू सुरुदेखि नै मधेशका धार्मिक सम्पदाहरुलाई विश्व सम्पदामा सूचिकृत गराउन पहल थालेको भन्दै माता सीताको मूर्ति बन्नु जनकपुरको अहोभाग्य हुने बताउनुभयो ।
यसअघि सोमबार कर्णले जानकी मन्दिरमा पत्रकार साम्मेलनको आयोजना गरी सितालाई योद्धाको रुपमा चिनाउन १ सय ५१ फिटको मुर्ति बनाउने बताएकी हुन्। सिता सात वर्षकै उमेरमा धनुष उठाउँएकी दृष्य देखाउने गरी प्रतिमा बनाउने उनले बताईन् ।
गोलो अकारको पृथ्वी माथि सिता धनुषा उठाएको जस्तो देखिने र पृथ्वीको अन्य भागमा साना–साना रामायणलाई दर्शाउने मुख्य दृष्य प्रष्टाइनेछ । पर्यटकलाई लोभ्याउन मद्दत पुग्ने र वल्र्ड गिनिज बुकमा यो ठाउँको नाम लेखाउने यस्तो अवधारण ल्याएको कर्णको भनाई छ ।
कर्णले नेपालकै गौरवको रुपमा स्थापित र धार्मिक धरोहरको रुपमा रहेको जनकपुरमा रामायणकालिन योद्धा, नारी योद्धाको विश्वको सबभन्दा ठुलो प्रतीमा बनाउनमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेकी हुन् । विहिबार मुख्यमन्त्रीसँग पत्रकार सम्मेलनमा कर्णले मिथिलानी जहाँ भएपनि आफ्नो मान, सम्मान र सँस्कृतिलाई विर्सन नहुने सन्देश दिइन् ।
जनकपुरमा माता सीताको विश्वकै सबभन्दा ठुलो प्रतीमा निर्माण भएपछि जनकपुर विश्वमा अझ प्रख्यात हुनेछ ।
मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न
- २०७६ माघ २३ बिहीबार
न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।
पूरा पढ्नुहोस्